गृहपृष्ठ » समाचारहरुसेभ द युथ बागलुङले आफ्नो पहिलो बार्षिकोत्सव मनायो

सेभ द युथ बागलुङले आफ्नो पहिलो बार्षिकोत्सव मनायो

August 20, 2015१८७ पटक

बागलुङ, भाद्र ३
युवा बचाउँ अभियान (सेभ द युथ) बागलुङले स्थापनाको प्रथम बार्षिकोत्सव त्रिदिवसीय कार्यक्रम गरी मनाएको छ । ्
बार्षिकोत्सवको मुख्य समारोहको आज एक कार्यक्रमका बीच बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले चुरोट डस्बीनमा फालेर उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले किशोर र युवा अवस्थामा लागुपदार्थ लगायतका दुव्र्यसनमा फस्ने जोखिम धेरै हुने भन्दै सिर्जनशिल कार्यमा लाग्न सके त्यसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउन सकिने बताउनुभयो । सो अवसरमा बिद्यालय स्तरिय नाटक प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने चिल्डे«न लाइफ बोर्डिङ स्कुल र द्धितिय हुने यूएस एकेडेमी बागलुङका बिद्यार्थीले नाटक प्रर्दशन गरेका थिए । लागुपदार्थ नियन्त्रणका बिषयमा केन्द्रित नाटकमा लागुपदार्थ दुव्र्यसनिमा शुरुमा हुने आकर्षण, रहर, बाध्यता, त्यसले व्यक्ति, परिवार र समाजमा निम्त्याउने बिभिन्न समस्या र नियन्त्रणका लागि सचेत बर्गको पहल र भुमिकाका बारेमा सकरात्मक सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको बिभिन्न प्रतियोगितामा पुरस्कृत बिद्यार्थीहरुलाई पुरस्कार तथा सहयोगी संघ संस्था र व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम सेभ द युथ बागलुङका अध्यक्ष मनिष रायमाझीको अध्यक्षता, उपाध्यक्ष बिक्रम शर्माको स्वागत, सदस्य दिपेन्द्र घिमिरेको धन्यवाद मन्तव्य र सचिव दिपक रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण