गृहपृष्ठ » मनोरञ्जनतेजु अर्यालको “राम्री छौ र त” आधुनिक गिती एल्वम सार्वजनीक

तेजु अर्यालको “राम्री छौ र त” आधुनिक गिती एल्वम सार्वजनीक

September 26, 2016४४३ पटक

सोतन्त्र नेपाल/अशोज १०, बुटवल। संगित नै आफ्नो जीवन ठानेर बिगत लामो समयदेखी संगितमै समर्पित गायक तेजु अर्यालको आधुनिक गिती एल्वम “राम्री छौ र त” को भिडीयो सार्वजनिक भएको छ। माया र प्रेमको भाव समेटिएको गीतको देवदहमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गराइएको हो। करिव २ लाखको लागतमा तयार पारिएको “राम्री छौ र त” को संगित राज सिग्देल, शब्द तथा स्वर तेजु अर्याल, अभीनय निराजन भट्टराई र सन्ध्या भट्टराई र विभोर पोख्रेल निर्देशन रहेको अर्यालले बताएका छन । माटो र राष्ट्रका गीत गाउँने र लेख्ने अर्यालले यसपाली भने युवाहरुलाई लक्षित गरेर एउटा प्रेमीले आफ्नो प्रेमिका संग नजिक हुनुको कारण गीतबाट बताएको र दर्शकहरुले मन पराउने कुरामा विश्वाश रहेको अर्यालले बताएका छन। गुल्मी जन्मथलो भएपनी देवदहलाई कर्मथलो बनाएर पहिलो पटक “जुन माटोमा मैले आखाँ खोले” भन्ने आफनै शब्द र स्वरमा देशभक्ति गीत बजारमा ल्याएका अर्यालले कारीव २५ बर्षदेखी निरन्तर संगीतलाई आफ्नो जीवन समप्रित गरेका छन। सोहि अवसरमा बोल्दै आफ्नो र मनिषा पोखरेलको स्वरमा रेकर्ड भएको तमाङ सेलोको अडीयो पनि तयार भएको अर्यालले बताएका छन। प्राय स्थानिय क्षेत्रलाई भिडियोमा समेटेर सबै सामुन्न पुर्याउनको लागि प्रयास गर्ने अर्यालले आगामी दिनमा गरिने छायाङकन पनि स्थानिय क्षेत्रलाई नै समेटने बताएका छन। स्थानिय एबम राष्ट्रिय स्तरका कार्यक्रमका स्टेज र मेहफिललाई तताउने अर्यालको आधुनिक गीत “राम्री छौ र त” लाई युटुब मार्पत बजारमा ल्याउने जिम्मा म्युजिक नेपालले लिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण