गृहपृष्ठ » समचारमहिलाहरु पुरुषसरह प्रयोगमा ल्याउन डराएको एक कार्यक्रमकमा सहभागिहरुको भनाई

महिलाहरु पुरुषसरह प्रयोगमा ल्याउन डराएको एक कार्यक्रमकमा सहभागिहरुको भनाई

September 26, 2016१६० पटक

हिरु तिवारी/अशोज १०, नवलपरासी। थोरै संख्यामा भएपनि महिलाहरु पुरुषसरह सक्षम भैसकेको तर त्यो क्षमतालाई पुरुषसरह प्रयोगमा ल्याउन डराएको एक कार्यक्रमकमा सहभागिहरुले बताएका  छन । क्रियासिल पत्रकार महला नवलपरासि डब्लु डब्लु जे नवलपरासिको आयोजनामा आज बर्दघाटमा भएको राजनितिमा महिला सहभगिता विषयक सार्वजनिक परामर्श कार्यक्रमका सहभागिहरुले सो कुरा बताएका हुन । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य सरिता खनालले अहिले राष्टका महत्वपुर्ण ३ पदमा महिलाले नेतृत्व गरिरहेको र अब स्थानिय स्तरमा पनि महिलाहरुले पुरुषसंग प्रतिसपर्धा गर्न आर्थिक सामाजिक र मनोवैज्ञानिक रुपमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै अर्का सहभागि पन्चनगर खानेपानि तथा सरसफाई उपभोक्ता  समितिका लोमा बाग्लेले नारिका हक अधिकार सुनिश्चित गर्न संचालित विभिन्न संघ संस्थाले औपचारिक रुपमा नभएर अर्थपुर्ण हुनुपर्ने बताउनुभयो । डब्लु डब्लु जे नवलपरसि जिल्ला उपाअध्यक्ष ज्ञानु पंगेनिको अध्यक्षता, बर्दघाट नगरपालिकाका कार्यकारि अधिकृत बोधराज बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालि काग्रेश बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ , नेकपा एमाले नगर संयोजक धिरज शर्मा, नेकपा माओवादि केन्द्रका हरिरन्जन पोडेल ,नेकपा माओवादि विप्लबका रमेश बस्याल ,माईति नेपाल जिल्ला संयोजक माया क्षेत्रि लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन डब्लु डब्लु जे नवलपरासि सचिव सिता शर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण