गृहपृष्ठ » मुख्य समाचारप्रधान न्यायधिश श्रेष्ठलाई बागलुङमा अभिनन्दन गरिने ।

प्रधान न्यायधिश श्रेष्ठलाई बागलुङमा अभिनन्दन गरिने ।

August 20, 2015११२ पटक

बागलुङ भाद्र ३
बागलुङका नगारिकहरुद्वारा प्रधान न्यायधिश कल्याण श्रेष्ठलाई बागलुङमा अभिनन्दन गरिने भएको छ ।
जिल्लाबाट पहिलो पटक प्रधान न्याधिश जस्तो गरिमामाय पदमा पुग्ने श्रेष्ठलाई यही भाद्र ४ गते शुक्रबार अभिनन्दन गरिने अभिनन्दन समारोह समितिले जनाएको छ । बागलुङमा जन्मनु भएका श्रेष्ठ २०३५ सालमा तत्कालिन प्रधान न्यायधिशको पीए हुँदै न्याय क्षेत्रमा प्रवेश गर्नु भएको थियो ।
अभिनन्दन समारोह समितिले आज पत्रकार सम्मेलन गरि भाद्र ४ गते राधाकृष्ण मन्दिरको सभाहलमा श्रेष्ठको अभिनन्दन गरिने जनाएको हो । । पत्रकार सम्मेलनमा नागरिक समाजका अध्यक्ष काजिगाउँले श्रेष्ठले प्रधान न्यायधिश श्रेष्ठको व्यक्तित्वको बारेमा जानकारी गराउंदै श्रेष्ठ दक्ष, सक्षम र निर्भिक व्यक्तित्व भएको बताउनु भयो ।
श्रेष्ठले २०६४ सालमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहको खोज र कार्वाहीको बारेमा गरेको फैसला अन्तराष्ट्रिय स्तरको भएको समेत बताउनु भयो । अभिनन्दन समारोहमा साहित्यकार प्रेम छोटाको व्यक्तित्व र कृतित्वको बारेमा लेखिएको ‘प्रेम छोटाको ७० बसन्त कृति, कृतित्व, व्यक्ति, व्यक्तित्व’ नामक पुस्तक समेत बिमोचन गरिने छ
दीअ प्रकाशन रत्न श्रेष्ठ पुरस्कार गुठी र शैक्षिक अनुसन्धान तथा विकास केन्द्र बागलुङद्वारा प्रकाशित पुस्तकमा देशभरका विभिन्न १ सय ५० जना लेखकद्वारा छोटाको कृतित्व र व्यक्तित्वको बारेमा लेखिएको छ । पुस्तकको बारेमा जानकारी गराउँदै धवलागिरी बहुमुखि क्याम्पस बागलुङका सहप्रध्यापक डाक्टर दिनबहादुर थापाले पुस्तक ६ सय पृष्ठको रहेको बताउनु भयो ।
उद्योग वाणिज्य संघ बागलुङ अध्यक्ष एव अभिनन्दन समारोह समितिका संयोजक बसन्त कुमार श्रेष्ठले कार्यक्रमको लागि सबै पक्ष संग समन्वय भएको बताउनु भयो । अभिनन्दन समारोह समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महेशचन्द्र प्रधानले गर्नु भएको थियो । विजय रानाले बागलुङबाट समाचार पठाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण