घैँटेलाई हत्या गरिएपछि मात्रै आकाशमा फायरिङ गरियो ,कांग्रेस नेता केसी
काठमाडौं–गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार ‘घैंटे’ प्रहरी कारवाहीमा मारिएपछि नेपाली कांग्रेसका सभासद एवं नुवाकोट कांग्रेस सभापति जगदिश नरसिंह केसीले घैंटेलाई प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाएका छन्।
तस्बिर ःसञ्चारकर्मीसगं कुराकानी गर्दै नरसिहं केसी
सञ्चारकर्मीसँग कुरा गर्दै केसीले निर्माण व्यवसायमा संलग्न घैंटेलाई प्रहरीले इन्काउन्टरमा नभइ नियोजित रुपमा हत्या गरेको आरोप लगाएका हुन्। ‘निर्माणसम्बन्धी बैठक सकेर घरमा खाना खाँदै गर्दा चार पाँच जनाको संख्यामा मास्क लगाएका व्यक्तिले समातेर छातिमा गोली हाने’, उनले भने। गोली हानेपछि कुमारको निधन भएको र पछि मास्क लगाएका व्यक्ति र प्रहरीबीच नाटकीय रुपमा आकाशमा फायरिङ भएको र नाटक प्रहरीले रचेको अारोप उनले लगाए।