शिक्षामा राजनिति मिसाइ पाठ्यक्रम कमजोर बनाउने परिपाटी अन्त्य गर्ने; महामन्त्रि काफ्ले
हिरु तिवारि/११ असोज/नवलपरासी । नेपााली कांग्रेस निकट नेपाल विद्यार्थी संघ केन्द्रिय महामन्त्रि कुन्दन राज काफ्लेले शिक्षामा राजनिति मिसाइ पाठ्यक्रम कमजोर बनाउने परिपाटी अन्त्य गरी शैक्षिक क्षेत्रमा नेवी संघले आदिवेरी ल्याउने बउनुभएको छ । दिब्यज्याती बहुमुखी क्याम्पस ईकाइ समिति चिसापानीद्धारा आयोजित विजयामी, शुभदिपावली, छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वाचनमा नेवी संघको विजयलाई सुनिस्चित गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थी समुदायको हकहित र अधिकारको रक्षा गर्दै शैक्षिक विकृती, विसंगतिका विरुद्ध विद्यार्थीहरुलाइ जानकारी गराउनु अहिले आवश्यक्ता रहको औँल्याउनुभयो । सोही कार्याक्रममा बोल्दै नेवी संघ केनिद्रय उपसभापति डिल्ली राम सुवेदीले त्रिभुवन विश्वविद्यालयलाई ब्यवस्थित गर्नका निम्ती नेवी संघ निरन्तर लागी परेको बताउनुभयो । अभिभावकहरुले शिक्षामा लगाएको वजेटमा राष्ट्रले उत्तरदायित्व वहन गर्न नसक्दा वर्तमान परिपेक्षमा हजारौँ युवाहरु बैदेशिक रोजगारीमा जानुपरेको हुदा अवध शिक्षा नितान्त नेपाली बजार मुखी हुनुपर्ने भन्दै सैद्धान्तिक भन्दापनि ब्यवहारिक ज्ञानमा जोड दिनपर्ने बताउनुभयो ।कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु मध्यबाट गजल, नृत्य तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु गरिएको थियो । कार्यक्रम क्याम्पस इकाइ समिति किशोर गैरेको अध्यक्षता, वरिष्ट उपसभापति कमल बस्यालको स्वागत मन्तब्य तथा सचिव केदार चौधरीको सञ्चालनमा सम्पन्न भएको हो । सो अवसरमा नेवी संघ जिल्ला सभापति राजेश पौडेल, नेवी संघ पुर्व जिल्ला सचिव अविनास रेग्मी, क्याम्पसका पुर्व सभापति एवंम स्ववियु सचिव रविन्द्र सापकोटा, पुर्व सभापति एवं जिल्ला सदस्य नारायण विश्कर्मा, सस्थापक सभापति पप्पु रेग्मी, नेपाली कांग्रेस जिल्ला सदस्य विश्वप्रेम पाठक, कुल्दिप आचार्य, नगर सभापति शम्भुलाल श्रेष्ठ, क्याक्म्पस प्रमुख कृष्ण बन्धु पौडेल, नेपाल महिला संघ बर्दघाट नगर सभापति ज्ञानीामया लामा, नेपाल दलित विद्यार्थी संघ उपसभापति बम बहादुर सुनार, नेव संघ क्षेत्र नम्बर ६ सभापति नारायण भण्डारी लगाएत नेपाली कांग्रेस सम्बद्ध सम्पुर्ण भातृ सस्थाहरुकोे उपस्थिती रहेको थियो ।