राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने
१२ असोज, काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ । तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले स्मार्ट कार्ड निः शुल्क पाउने भएका हुन् ।परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिएको अाजको कारोबार दैनिकमा समाचार छ ।
करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दखा बढी रकम खर्च हुनेछ ।
एउटा स्मार्ट कार्ड ३ देखि ४ डलरसम्म पर्छ । यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ । जसका २५ वटा फिचर समावेश गरिनेछ ।
कार्यकारी निर्देशक भट्टराइका अनुसार २०७४ भदौ देखि राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।