गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, समचारपाइपलाइनमा भारतको सर्त ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’

पाइपलाइनमा भारतको सर्त ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’

September 28, 2016५३६ पटक

काठमाडौं १२ असोज । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ ।

pipeline-petrolium
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको हो ।
भारतीय नाकाबन्दीका बेला नेपालले पेट्रोलियम बजारको विकल्प खोज्ने निर्णय गरेको थियो । तत्कालिन केपी ओली सरकारले चीनसँग पारवहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो ।
नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् ।
आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन् । नागरिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण