गृहपृष्ठ » पत्रपत्रीका, विशेष, समचारमुग्लिन–नारायणगढ सडकखण्डमा घोप्टेभिर जस्तै ३८ धराप

मुग्लिन–नारायणगढ सडकखण्डमा घोप्टेभिर जस्तै ३८ धराप

September 28, 2016४२८ पटक

काठमाडौं १२ असोज । पूर्व गृहमन्त्री माधव घिमिरेको जीप खसेको स्थानको अवलोकन गर्न मंगलबार सुरक्षा निकायको दलबलसहित दुघर्टनास्थल पुगेका गृहमन्त्री विमलेन्द्र निधिले घोप्टेभिर हेरेपछि कहालिदै भने ‘यो त रहस्यमय ठाउं रहेछ ।’

trisuli-1
उनी कहालिनु पनि स्वभाविकै थियो । ठाडै घोप्टिएको भिर भए पनि त्यहाँ न कुनै खतराको संकेत थियो न कुनै साइनबोर्ड । सडक किनारको सुरक्षाका लागि बारेको फलामेबार भांच्चिएर किनार खुल्लै थियो । जतातिर भिर थियो, सडकको भौगोलिक बनावट त्यतैतिर ढल्किएको थियो ।
मुिक्तनाथमा बुबाको श्राद्धगरी काठमाडौं फर्कनेबेला त्यही घोप्टेभिरमा घिमिरे चढेको जीप खस्यो, जसमा घिमिरेकी आमा चैतत्यकुमारी, भान्जा नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीले ज्यान गुमाए । चालक प्रहरी हवल्दार विष्णु राईको ज्यान जोगियो । घिमिरे र उनका २ जना भाइ अझै वेपत्ता छन् ।
हराएकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ५ सय ८० भन्दा बढी जनशक्ति खटाउंदा पनि जीप सहित उनीहरु वेपत्ता भएपछी घटनाको तेस्रो दिन गृहमन्त्री निधी सेनाका रथी,नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहितको टोली लिएर दुघर्टनास्थल पुगे ।
घटनास्थल अवलोकनपछी उनी मात्रै हैन टोलीमा रहेका अन्य सुरक्षा निकायका सदस्य समेत कहालिए ।‘जतातिर भिर उतैतिर सडक ढल्किएको रहेछ, यो न सिधै पासो थापे झै भयो’ दुघर्टनास्थलको भौगोलिक अवस्था हेरेपछी अनुगमनमा संलग्न एक सुरक्षा अधिकारीले टिप्पणी गरे ।
डेढ वर्षअघि त्यही भिरबाट कार खसेको थियो । जसको अवस्था अझै अज्ञातै छ । १५ दिन अघि त्यही भिरबाट ट्रक खसेको थियो । भदौं २४ मा घोप्टेभिरको सडक किनारको रेलिङ भत्काउंदै ना ३ ख ६०१७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको थियो । चोकोफन लिएर मुग्लिनबाट काठमाडौं हिडेको ट्रक विहान ११ वजे खस्दा चालक र सह–चालक वेपत्ता भए । अहिलेसम्म न ट्रक फेला परेको छ न त्यसमा सवार । सोही ट्रकले भत्काएको फलामेबारबाट आइतबार पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप उस्तैगरी भिरमा खसेको थियो ।
दमौलिमा केही समय विश्राम गरेर हिडेको जिप सडकको देब्रे साइडबाट भिरमा खसेर खोलामा पुगेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा बांयाबाट ओभरटेक गरेर अगाडि जाने प्रयासमा जिप भिरमा गएको देखिएको एक सुरक्षा अधिकारीले बताए ।
‘दमौलितिरबाट आएको जिप देब्रे च्यापेर अगाडि बढ्न खोज्दा सडक देब्रेतिरै ढल्किएकाले हुत्तिएको देखियो,’ अनुगमनमा संलग्न एक अधिकारीले भने‘ रेलिङ मात्रै बनाएको भए पनि हुत्तिएको जिप सिधै भिरमा गएर बजारिदैनथ्यो ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयको २ वर्षको तथ्यांकले नारायणगढ मुग्लिन सडकखण्डको जोखिपूर्ण यात्रा देखाउंछ । कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन भेटवालका अनुसार २०७१ यता सो सडक खन्डमा २० वटा गम्भिर प्रकृतीका सवारी दुर्घटना भएका छन् । जसमा ४० जनाको ज्यान गयो, ५८ जना गम्भिर घाइते भए भने १९ जना अझै फेला परेका छैनन् ।
‘रिटेनिङवाल र खतराको सूचना दिने बोर्ड र सडकको संरचनामा सुधार गर्नसके पनि केही मात्रामा दुघर्टना घटाउन सकिने थियो,’ प्रहरी निरिक्षक भेटवालले भने‘ जिम्मेवार निकायलाई कहां के समस्या छ भन्ने थाहा छ, तर सुधार भएको छैन ।’

wflbªsf] dfkf{s uflj;sf] kGt6f/ glhs} d+unaf/ b'3{6gf ePsf] uf8L . kGt6f/ glhs} klx/f] kf/ug]{ qmddf klN6P/ ePsf] o; b'3{6gfdf !* hgfsf] Hofg uPsf] 5 . tl:a/ M;Ltf/fd clwsf/L, /f;;, wflbª

 

यी हुन् ३८ धराप
सडक डिभिजन कार्यालय चितवन, नारायणगढ–मुग्लिन सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भदौंको दोस्रो साता नारायणगढ–मुग्लिन र मुग्लिनदेखी मौवाखोला क्षेत्रको सडकको अवस्थाको संयुक्त अनुगमन गरेको थियो ।
भदौं १५ मा सडकका दक्ष प्राविधिकसहितको अनुगमनमा सो सडकखण्डका ३८ स्थान जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै टोलीले सडकको संरचना, घुम्तिको अवस्थामा सुधार, खतराको संकेत सहितका बोर्ड र सडक किनारमा रिटेनिङवाल र फलामेबार राखी तत्काल सुधार गर्नुपर्ने निष्कर्ष निकालेर फर्किएका थिए ।
संयुक्त अनुगमन टोलीले जोखिपूर्ण रहेको भन्दै सुधारको निष्कर्ष निकालेको यो विचमा सो क्षेत्रको सडकखण्डमा कुनै सुधार भएन । यो विचमा गम्भिर प्रकृतीका ३ वटा दुघर्टना भइसकेका छन् ।
‘घोप्टेभिर मात्रै हैन यो सडकखन्डमा यस्ता जोखिमपूर्ण ठाउं ३८ वटा छन्,’ प्रहरी निरिक्षक भेटवालले भने‘ त्यसको सूचीनै बनाएका छौं, तर सुधार हुन सकेको छैन ।’
कान्तिपुरलाई प्राप्त प्रतिवेदन अनुसार १६ किलो, लामुबालुवा पुल, खानी पुल, १७ किलो, गाइघाट, भोर्ले, भोर्लेपुल, २० किलो, घुमाउने, घुमाउने पुल, भालु पहाड घुम्ति, २७ किलो, २८ किलो, जलविरे मोड, चार किलो पहिरो, पांच किलो हाइट, टोपे खोला पुल, कालिखोला पुल, ३३ किलो, ३८ किलो र १ , २ र , ३ नम्बर पुलमा तत्काल सुधार आवश्यक छ ।
यसैगरी मुग्लिन बजारदेखी मौवाखोलाबजारसम्मको ६ स्थान जोखिमपूर्ण छन् । प्रतिवेदन अनुसार मुग्लिनबजार मोड, नाग्दीपुल, रमाइलोडांडा, कुरिनटार बजार, डाहाकी पुल र फिस्लिङ क्षेत्र सवारी दुघर्टनाका लागि जोखिमपूर्ण छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनका प्रवक्ता शिव खनालले आयोजनाको क्षेत्रमा रिटेनिङवाल लगाउने र सडक किनारमा सूचनामुलक बोर्ड राख्ने काम भइरहेको दावी गरे ।
उक्त क्षेत्रको सडकको स्तरोन्तीका काम भइरहेकाले तत्काल सडक किनारमा फलामे पाता राख्न सम्भव नभएको बताए ।
कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण