गृहपृष्ठ » अन्तर्राष्ट्रियभारत र पाकिस्तानवीचको तनावले आगामी सार्क शिखर सम्मेलन प्रभावित

भारत र पाकिस्तानवीचको तनावले आगामी सार्क शिखर सम्मेलन प्रभावित

September 28, 2016३८६ पटक

काठमाडौं १२ असोज (एजेन्सी ) : भारत र पाकिस्तानवीचको बढ्दो तनावले आगामी सार्क शिखर सम्मेलन प्रभावित हुने देखिएको छ।

bg_sarcee-2 भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले १९ औं सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । आगामी नोभेम्वरमा पाकिस्तानको ईस्लामवादमा हुने १९ औं सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भाग नलिने बताएका छन् ।
मंगलबार साँझ उक्त निर्णय घोषणा गर्दै भारतले भनेको छ,“एउटा देश” जसले जुन वातावरण सिर्जना गरिरहेको छ, त्यसले सफल रुपमा सार्क सम्मेलन आयोजना सक्दैन् ।
भारतीय विदेश मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “भारत अहिलेको सार्क अध्यक्षता गरेको मुलुक नेपाललाई यो अवगत गराउन चाहन्छ कि पछिल्लो समय यो क्षेत्रमा वृद्धि भैरहेको क्रस बोर्डर आतंककारी हमला र सार्क राष्ट्रको सदस्य राष्ट्रमा बढ्दो अवरोधहरुका कारण आगामी नोभेम्बरमा हुने भनिएको १९ औं सार्क सम्मेलन सफल रुपमा सम्पन्न हुँदैन् ।” एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सार्क सम्मेलन सफल नहुने भारतको दाबी छ ।
भारतले आफू लगायत अफगानिस्तान, बंगलादेश र भुटानले पनि उक्त सम्मेलनमा भाग नलिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण