गृहपृष्ठ » मुख्य समाचार, समचार, समाचारहरु, स्वास्थ्यएल जि ए एफ कार्यक्रमको बारेमा सचिवहरुलाई अभिमुखिकरण

एल जि ए एफ कार्यक्रमको बारेमा सचिवहरुलाई अभिमुखिकरण

August 21, 2015३७६ पटक

tqघनश्याम पौडेल
भाद्र ४, अर्घाखाँची
स्थानीय निकायमा हुने गतिविधिहरुको कानुनी र नीतिगत रुपमा पालना भएको छ वा छैन भन्ने उद्धेश्यले नेपाल सरकार सघिंय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सचिवालयले नेपालका ६६ वटा जिल्लामा लागु गरेको “स्थानीय निकायको कानुनी र नीतिगत व्यवस्था पालना अनुगमन” कार्यक्रमको जिल्ला स्तरमा गाउँ विकास समितिका सचिवहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम अर्घाखाँची जिल्लामा पहिलो चरणमा ९ गाउँ विकास समिति र १ नगरपालिकामा संचालन भएको थियो भने यो आ.व.मा २२ गाउँ विकास समितिमा संचालन हुने बताइएको छ ।
अभिमुखिकरण कार्यक्रममा स्थानीय निकायबाट प्रदान गरिने सेवा, स्थानीय शासन प्रकृया एवम् विकास निर्माण कार्यलाई पारदर्शी, समावेशी, गुणस्तरीय, सेवाग्राही ¬मैत्री र प्रभावकारी बढाउँदै स्थानीय शासनलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउने, स्थानीय निकायको काम कारवाहीमा नागरिक अनुगमन, सावर्जनिक सुनुवाई, सामाजिक परिक्षण, सावर्जनिक परिक्षण, जनसर्वेक्षण, नागरिक वडापत्रको प्रभावकारी कार्यन्वयनद्धारा नागरिक सहभागिता, विश्वाश अभिबृद्धि गर्न स्थानीय निकाय प्रति सेवाग्राहिहरुलाई उत्तरदायी गराउने जस्ता विषयबस्तुमा छलफल तथा प्रस्तुतिकरण परियोजना संयोजक सुरज शारुले गर्नुभएको थियो ।
कार्यक्रम स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीको अध्यक्षता, योजना अनुगमन तथा प्रशासकिय अधिकृत निरज पौडेल, कार्यक्रम अधिकृतद्धय नेत्र प्रसाद खनाल र हरिसचन्द्र भुसाल, जिल्ला शासन विज्ञ अर्जुन आले, जवाफदेही अधिकृत निलम गैरे लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रम २०७२ श्रावण देखी २०७३ असार मसान्त सम्म चल्ने र सो कार्यक्रमको कुल बजेट २३ लाख ७५ हजार २ सय ६० रहेको र अर्घाखाँची जिल्लामा यसको सहजिकरण लुम्बिनी सामाजिक विकास केन्द्रले गरेको कार्यक्रमका जवाफदेही अधिकृत कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण