गृहपृष्ठ » समचारदेशभर आज पानी पर्ने

देशभर आज पानी पर्ने

September 28, 2016१९८ पटक

काठमाडौं, असोज १२ – बुधबार देशका केहि ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको छत्तिसगढमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मध्य र पूर्वी क्षेत्रको मौसम अहिले पनि बदली भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

monsoon-1
उहाँका अनुसार अवको केहि दिन दिउँसो एकछिन खुलेपनि बिहान बेलुकी मौसम बदली भइ केहि ठाउँमा हल्का पानी पर्नेछ । पश्चिम नेपालबाट मनसुन निस्क्रिय हुँदै गएकाले केहि दिनमै मध्य र पूर्वी क्षेत्रबाट पनि केहि दिनमै हट्ने उहाँको अनुमान छ । बुधबारको भन्दा बिहीबारको मौसम केहि खुल्ने मौसमविद् पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण