नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखि क्याम्पसको ईकाई अधिवेशन सम्पन्न
उज्यालो सम्बाददाता , असोज १३/नवलपरासी। नेपाल विधार्थी संघ कुमारवर्ती बहुमुखि क्याम्पसको १० +२ तर्फको ईकाई अधिवेशन आज सम्पन्न भएको छ । सुदिप बस्यालको अध्यक्षता एवं नेविसंघ नवलपरासीका उपाध्यक्ष संजय भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन बाट कपिल लामिछाने को अध्यक्षतामा ११ सदस्यीय ईकाइ समिति चयन गरिएको छ । अधिवेशन बाट उपाध्यक्षमा सुदिप भुसाल र आकास पाण्डे सचीवमा सुदिप बस्याल कोषाध्यक्ष मा धिरज तामाङ र सदस्यहरुमा दिपक पोख्रेल, गणेश भट्टराई, गौमाया सोति मगर, सपना न्यौपाने, क्षितिज भुर्तेल र मोहन सुनुवार सर्वसम्मतबाट चयन गरिएको छ। गोकुल न्यौपाने ले सन्चालन गर्नु भएको कार्यक्रममा नेविसंघ कुमारवर्तीका अध्यक्ष हरि सुवेदी नेविसंघ नवलपरासीका उपाध्यक्ष संजय भट्टराईले शुभकामना मन्त्वय राख्नु भएको थियो । यसै बिच नेविसंघ नवलपरासीले जिल्लाका सम्पुर्ण उच्च मा.बि.हरुमा ईकाइ समिति गठनको कार्यक्रमलाई अगाडि बढाएको जिल्ला उपाध्यक्ष संजय भट्टराई ले बताए ।