गजल : मेराे देश
बम-बारुदको गर्जन पछि, भुकम्पले बेहाल हजुर,
एकादेशको कथा भयो, सुन्दर शान्त नेपाल हजुर ।।
महलका सपनाहरु, , बाँड्दै हिड्छन नेताहरुले,
जनतालाइ शिर छुपाउने, छैन एउटा त्रिपाल हजुर ।।
नौ महिने सत्ताको दौड, भयाे सिंह दरबारमा,
कुर्सी बाट छुटेपछि, बन्द अनि हड्ताल हजुर ।।
राजधानीमा रंगीचंगी, सस्ता पसल दशै तिहार,
कर्णालिका बिकट बस्ति, गाउँमा अनिकाल हजुर ।।
जलश्रोतको धनी देशमा, गाउँ भने सँधै गरीब छ,
गरीबीमा खुम्चेकाे देश, कहिले हुने विशाल हजुर ।।
विदेशीको हस्तक्षेपले, बढ्यो शक्ति राजनितिमा,
नाकाबन्दी गरी देशमा, गर्छ भारत जाल हजुर ।।
छिमेकीले सिमानालाई मिच्छ बारम्बार हाम्लाई,
कहिले बुझ्छन् नेपालीले, बिदेशीको चाल हजुर ।।
राजनितिमा खेति गर्दा, पैसा-पावर फल्दो रैछ,
भ्रष्टचारी रातारातमै , हुन्छन मालामाल हजुर ।।
नेपाल आमा तड्पिएर , धुरु-धुरु रुने गर्छिन ,
नेपालीको एकता बिना, रहदैन नेपाल हजुर ।।
अर्जुन घिमिरे “सुसार”
परदेशी