खुलेरै राजनीति गर्छन् गुल्मीमा शिक्षकहरु
दिपक नेपाली/गुल्मी असोज १३। शिक्षकहरुको पेशा भनेको बिधालयमा बिहान १० बजेदेखी साँझ ४ बजेसम्म अध्यापन गराउने हुन्छ तर गुल्मीमा भने शिक्षकहरुले खुलेरै राजनीति गरेका छन् ।
त्रिभुवन माध्यमिक बिधालय पराल्मीमा अध्यापन गराउने शिक्षक खिम वहादुर रजाली पराल्मी नेपाली कागे्रस गाउँ कमिटीका पार्टी सभापती हुनुहुन्छ । गाविस सचिवका अनुसार उहाँ सर्वदलिय वैठकमा रजाली पार्टीको तर्फवाट उपस्थित हुनेगरेको गा वि स कार्यलयलले जनाएको छ ।
कोरेङ निम्न माध्यमिक बिधालय खड्गकोटका प्रधानाध्यापक कबिराज ढकाल पनि नेकपा एमाले खड्गकोटका गाँउ कमिटीका अध्यक्ष हुनुहुन्छ । बिधालयका प्रधानाध्यपक र एमाले गाँउ कमिटीका अध्यक्षको रुपमा सर्वदलिय बैठकहरुमा ढकालको उपस्थित हुनेगरेको खड्गकोट गाबिस कार्यलयले जनाएको छ ।
उता नेकपा माओवादी केन्द्रको सर्वदलिय वैठकमा जाने र गाँउमा खुलेरै राजनीति गर्नुहुन्छ त्रिभुवन माध्यमिक बिधालय मुसिकोट मा निम्नमाध्यमिक तहमा अग्रेजी बिषय अध्यापन गराउनुहुने शिक्षक शुरेन्द्र न्यौपाने । यसरी शिक्षकहरुलेनै गाँउमा खुलेरै राजनीति गर्नथालेपछी बिधालयमा कसरी गुणस्तरीय शिक्षा दिन सक्लान त बिधालयहरुले ।
यता जिल्ला शिक्षा कार्यलय गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले भने बिधालयमा शिक्षकहरुले राजनीति गर्न नपाउने कानुनी प्राबधान रहेकोले कतै त्यस्तो पाईएमा कानुन अनुसारको कारवाही हुने वताउनुभएको छ । अव यी शिक्षकहरुलाई के गर्नुहुन्छ त भन्ने प्रश्नमा खनालले भन्नुभयो यस्तो भएको प्रमाण भएमा आफुले उक्त शिक्षकहरुलाई अवकासका लागि क्षेत्रमा सिफारिस गर्ने र बिभागीय कारवाही गर्ने जानकारी दिनुभएको छ ।
यस बिषयमा जिल्ला शिक्षा समितिका संयोजक एवम् स्थानिय बिकास अधिकारी डिलाराम पन्थीले भने शिक्षकहरुले राजनीति गर्न पाउने कानुनमा नै नभएकाले त्यस्तो पाईएमा कानुन अनुसार उनीहरुलाई सेवावाट र्बखास्त गर्न सक्ने प्रावधान रहेकाले कानुन अनुसार अगाडी वड्ने जानकारी दिनुभएको छ ।
(स्रोत गाँउबिकास समितिका कार्यलयहरु )