गृहपृष्ठ » मनोरञ्जन‘होस्टेल रिटर्न्स’का पाँच कुरा जो फिल्म हेर्नुअघि नै दर्शकले जान्नु राम्रो हुन्छ

‘होस्टेल रिटर्न्स’का पाँच कुरा जो फिल्म हेर्नुअघि नै दर्शकले जान्नु राम्रो हुन्छ

August 22, 2015३१३ पटक

गोकर्ण गौतम

भाद्र ४, २०७२- आज रिलिज भएको नेपाली फिल्म होस्टेल रिटन्र्सलाई धेरैले यसअघिको फिल्म होस्टलको सिक्वेलको रुपमा हेरे । तर यसका निर्देशकदेखि कलाकारको डफ्फा नै नयाँ छ । निर्देशक हेमराज बीसी नयाँ थिए भने यसलाई मौनबाट तारिफ बटुलिसकेका सुरज भुसालले निर्देशन गरेका हुन् । निर्माता भने उही सुनील रावल छन् । हाम्रा फिल्म समिक्षक गोकर्ण गौतमले फिल्म हेरिसकेपछि तयार पारेका पाँच कुराहरु जो फिल्म हेर्नुअघि नै दर्शकले जान्नु राम्रो हुन्छ ।

(एक)

लाकार र कथाको निरन्तरता नभएकाले होस्टेल रिटन्र्सलाई निर्माण पक्ष दुर्गिस फिल्मस्ले सिक्वेल त भनेको छैन तर नामले चाहिँ सिक्वेल प्रतीत हुन्छ । होस्टेलमा मेडिकल अध्ययनरत विद्यार्थीको कथा देखाइएको थियो भने यसपटक इन्जिनियरिङका विद्यार्थीको कथा देखाइएको छ । त्यसैले होस्टेलको तुलनामा होस्टेल रिटन्र्स उन्नतस्तरको होला भनेर अपेक्षा राखिनु अस्वाभाविक होइन ।

(दुई) 

फिल्म होस्टेलमा हुने त्रिकोणात्मक प्रेम कथामा केन्द्रित छ । तर होस्टेल जीवन भनेको सिनियर ब्याचले जुनियर ब्याचलाई हेप्नुबाहेक अरू केही छैन भन्ने देखाइन्छ । कलेज लाइफमा हुने फ्लर्ट, र्‍यागिङ, प्रयांक र प्रेममै रुमल्लिएको छ यो फिल्म ।

(तीन)

निर्देशकले पटकथालाई बुलन्द बनाउनभन्दा सस्ता कमेडी र द्विअर्थी संवाद राख्न बढी मिहिनेत गरेका छन् । यस्ता गुदीविहीन संवादले दर्शकलाई क्षणिक रमाइलो त प्रदान गर्ला तर सिनेमाको स्तर वृद्धिमा यसको योगदान नगन्य हुन्छ । इन्जिनियरिङ अध्ययनरत विद्यार्थी त भनिएको छ, कुन इन्जिनियरिङ अध्यापन गरिरहेका हुन्, स्पष्ट छैन । कहिले अटोमोबाइल त कहिले सिभिल जस्तो देखाइन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण