गृहपृष्ठ » अार्थिकदसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

September 30, 2016३७८ पटक
शुक्रबार, असोज १४,

वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् ।

जिल्लाका ५९ गाविसमा ९९ सडक छन् । एकाधबाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा छन् । गाउँ गाउँसम्म पुग्ने सडक मर्मतका लागि जिविसले रु २६ लाख ६७ हजार रकम विनियोजन गरेको छ ।

सडकको प्रकृति हेरी मर्मतका लागि रु २० हजारदेखि ६५ हजारसम्म रकम विनियोजन भएको जिविसका योजना तथा प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए ।

चाडपर्व नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको र वर्षायामसमेत सकिएका कारण सडक मर्मतका लागी रकम विनियोजन गरेको जिविसले जनाएको छ । सबै सडक मर्मतका लागि विनियोजन गरिएको रकम गाविसको खातामा जाने र गाविसमार्फत काम सम्पन्न गरेपछि रकम भुक्तानी हुनेछ ।

शाक्यका अनुसार गौदीखोला–छेन्तुङ सडक र बुर्तिवाङ–बोङ्गादोभान सडक मर्मतका लागि सबैभन्दा बढी रु ६५÷६५ हजार विनियोजन भएको छ ।

यस्तै बानपादेखि गाजादह बरेङखण्डसम्मका लागि रु ५५÷५५ हजार विनियोजन भएको छ । हन्द्राफेरि तमान सडक, भीमगिठे राजकुत सडकका लागि रु ५०÷५० हजार विनियोजन भएको छ ।

मालढुङ्गा बोटे हुँदै माझ बगरसम्म र दोगाडी कुदुङ सडक, रिजालचोक अमरभूमि तारा सडक, बुर्तिवाङ घोषाखानी सडक, कुस्मीसेरा बरेङ सडकका लागि प्रतिसडक रु ४० हजार रकम विनियोजन भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण