गृहपृष्ठ » समचारबागलुङका युवा ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै

बागलुङका युवा ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै

October 2, 2016१५६ पटक

असोज १६

बागलुङ– बागलुङ बजार क्षेत्र र यस आसपासको ट्राफिक व्यवस्थापनको काममा यहाँका युवाले सक्रियता देखाउन थालेका छन ।

traffic_nepal बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा बढ्दो दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न ‘युथ अफ बागलुङ’ले नयाँ अभियान थालेको हो ।

हालसम्म कुनै पनि सडकमा जेब्रा क्रसिङ नरहेको बागलुङमा युवाले अहिले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्न थालेका छन् । “आम नागरिकलाई जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्नेसमेत जानकारी छैन” युथ अफ बागलुङका अभियन्ता सुमन रेग्मीले भने – “थोरै जानकारी भएका समेत कुनै पनि सडकमा जेब्रा क्रसिङ नदेखेपछि झन अलमलमा परेको पायौँ ।” युथ अफ बागलुङले प्रहरीसँग मिलेर विभिन्न सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

‘परिवर्तनका लागि युवा’ भन्ने नाराका साथ अभियान थालेका युवाले अहिले बागलुङ नगर क्षेत्रभित्रका मुख्य सडकमा जेब्रा क्रसिङ निर्माण गरिरहेका छन् । युवाले नगरपालिकाको मालपोत चोक, हल्लन चोक, धौलागिरी चोक, जिपपार्क, कालिका मन्दिर परिसरलगायतका सडकमा जेब्रा क्रसिङ निर्माण गरिसकेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।

सकारात्मक कामको सुरुवात गरेका युवाको अभियानमा प्रहरी प्रशासनले समेत साथ दिने प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडेले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण