गृहपृष्ठ » अार्थिकबागलुङमा पनि सिटी सफारी प्रतिबन्धित

बागलुङमा पनि सिटी सफारी प्रतिबन्धित

October 2, 2016३८७ पटक

कानुनी प्रक्रिया नबुझी सिटी सफारी सञ्चालनमा ल्याउँदा बागलुङका साना व्यवसायीको करीब ८० लाख रुपयौँ जोखिममा परेको छ । बिषेश गरी तराइका जिल्लाहरुमा चल्ने सिटी सफारी (ई–रिक्सा) पहाडी जिल्ला बागलुङमा तीन महिना अघि बाट सञ्चालनमा आएका थिए ।

 

तर छोटो समयमै १८ ओटाको संख्यामा पुगेका ई–रिक्सा कानुनी प्रक्रिया अनुसार चल्न नसक्दा यातायात व्यवस्था कार्यलय बागलुङले प्रतिबन्ध लगाएको छ । ब्याट्रीबाट चल्ने सिटी सफारी सुरुमा थोरै चल्दा कुनै पनि निकायले प्रतिबन्ध नलगाएपछि थप वेरोजगार युुवाहरुले सस्तो र सजीलो सवारीकारुपमा सिटी सफारीलाई भित्रयाएको बताउँछन् । तर अहिले यातायात कार्यलय,ट्राफिक प्रहरीले सञ्चालनमा प्रतिबन्ध लगाउदा आफुहरु चर्को आर्थिक मारमा परेको सवारी चालकहरुको भनाइ छ । ऋण खोजेर किनेको केही दिनमै प्रतिबन्धको मार खेप्नु परेपछि किस्ता तिर्न समस्या भएको उनीहरुको गुनासो छ ।
बागलुङ बजार भित्र चल्ने सिटी सफारीले दैनिक ३ हजार सम्म आम्दामी गर्ने गरेका थिए । सहजताका हिसाबले स्थानीयको सफारीप्रति आर्कषण बढेको थियो ।

2016-10-02_0917
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण