दोस्रो नव एकता फुटबल कप प्रतियोगिता भलुही रोहिणीनगरको विजयी सुरुवात
सोतन्त्र नेपाल/बुटवल,आश्विन १७ । दोस्रो नव एकता फुटबल कप प्रतियोगिताको पहिलो खेलमा संघार फुटबल समुह रोहिणीनगर, भलुहीले गणेशपुर फुटबल क्लब, गणेशपुरलाई पराजित गरेको छ । हिजो जनभावना मा.बि. प्रदीपनगरको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा संघार फुटबल समुह रोहिणीनगर भलुहीले गणेशपुर फुटबल समुहलाई २-० ले पराजित गरेको हो। खेल सुरु भएको ४ औं मिनेट र ५५ औ मिनेटमा संघार फुटबल समुहका टिम क्प्तान अमित गुरुङले गोल गर्दै संघारलाई २-० को जित दिलाए। नव एकता युवा क्बल तिलोत्तमाले हिजोबाट आयोजना गरेको दोस्रो नव एकता कपमा जम्मा १४ समुहले सहभागीता जनाएको र प्रतियोगिताको फाइनल खेल कार्तिक ४ गते हुने आयोजकले बताएको छ।