गृहपृष्ठ » समचारप्यूठानका बाढी पीडितले पाउने भए १५ हजार दशैं खर्च

प्यूठानका बाढी पीडितले पाउने भए १५ हजार दशैं खर्च

October 3, 2016१०९ पटक

असोज १७, काठमाडौं । 1929905_1646630268909325_1781429561306886582_nसरकारले प्यूठानका बाढी पहिरो पीडित परिवारलाई दशैं खर्चबापत प्रतिपरिवार १५ हजार रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्युठानको लुङ पुगेर बाढी पीडितलाई दशैं खर्चवापत् १५ हजार दिने घोषणा गरेको ४८ घण्टा नबित्दै प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाएर दशैं खर्चबाफत् १५ हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको हो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत अर्जुन भण्डारीले गृह सचिवलाई पत्राचार गरी दशैं अगावै राहत स्वरुप १५ हजार उपलब्ध गराउने समेत निर्देशन भएको हुँदा उक्त निर्देशन तत्काल कार्यान्वयन गर्ने गराउने व्यवस्था गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण