गृहपृष्ठ » समचारकानुनी शिविर सम्पन्न

कानुनी शिविर सम्पन्न

October 5, 2016१४६ पटक

मिना पौडेल/देवदह, १९ असोज ।kanuni रुपन्देहीको देवदहमा एक दिने कानुनी शिविर सम्पन्न भएको छ । शिविर कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) रुपन्देहीको आयोजना, सर्च फर कमन ग्राउण्ड यूके एडको सहयोग र देवदह तथा केरवानी मेलमिलाप केन्द्रको व्यवस्थापनमा उक्त शिविर सम्पन्न भएको हो । शिविरको उद्घाटन गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह क्षेत्रमा लैङ्गिक हिंसा, बैदेशिक रोजगारबाट पिडितका घटनाहरु बढि रहेको बताउनुभयो । कानुन व्यवसायीलाई लक्षित समुदायसम्म पु¥याई समुदाय स्तरमा नै कानुनी सेवा प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सेलर्ड जिल्ला संयोजक साबित्रा बस्यालले बताउनुभयो । विशेष गरी बिपन्न र सिमान्तकृत व्याक्तिहरुलाई लक्षित वर्गसम्म पुग्न नसक्ने भएकाले यस्तो किसीमको कार्यक्रमको आयोजना गरिएकको अधिवक्ता हेमा न्यौपानेले बताउनुभयो । न्यायको पहुँचमा नपुगेका व्याक्तिहरुलाई न्याय दिनको लागि घर–घरमा कानुनी शिविर संचालन गरिएको प्रशिक्षक राधा अधिकारीको जोड रहेको छ । शिविरमा अधिवक्ताहरु लोकनाथ पन्थ, गिरीराज विक्रम खड्का, डासुराम पाण्डे र हेमा न्यौपानेले सहजीकरण गर्नुभएको थियो । देवदह मेलमिलाप केन्द्रका संयोजक देवु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता लोकनाथ पन्थ लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।सावित्री सापकोटाको स्वागत र रोमनाथ पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण