गृहपृष्ठ » मुख्य समाचार, समचारखानेपानी टंकीकालागि छुट्टाईएको जग्गा तिलोत्तमा लायन्स क्लवले हड्प्ने प्रयास गर्दै

खानेपानी टंकीकालागि छुट्टाईएको जग्गा तिलोत्तमा लायन्स क्लवले हड्प्ने प्रयास गर्दै

October 5, 2016१८३ पटक

कृष्ण ढकाल/बुटवल,असोज–१९ । बुटवल उप–महानगरपालीका–८, सुन्दरनगरमा रहेको सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्ना उपभोक्ताहरुका लागी सर्वसुलभ तरीकाले खानेपानी वितरण गर्ने योजना अनुसार खानेपानीको ओभरहेड टंकी निमार्णका लागि छुट्टाएको जग्गा बुटवलको एक सामाजिक संस्था तिलोत्तमा लायन्स क्लवले हडप्न थालेको छ ।

khanepani-4

khanepani-3
सुन्दरनगर,शान्तिनगर,सौभाग्यनगर,माईति टोल,पुरानो बस पार्कक्षेत्र,ईट्टा भट्टि,राधाकृष्ण टोल लगाएत नेपालगञ्ज रोड क्षेत्रका वस्तीहरुलाई लक्षीत गरी खानेपानीको ओभरहेड टंकी निमार्णका लागि छुट्टाएको जग्गा तिलोत्तमा लायन्स क्लवले हड्प्न थालेको हो । ओभरहेड टंकी निमार्णका लागि छुट्टाएको जग्गा तिलोत्तमा लायन्स क्लवले हड्प्न थालेपछि स्थानियवासी त्यसको प्रतिकारमा उत्रेका छन् ।
तिलोत्तमा लायन्स क्लवले आफ्नो भवन बनाउने भन्दै जगखन्न् थाले पछि स्थानियवासी त्यसको प्रतिकार गर्दै भवन निमार्णकार्य रोक्का गरेका छन् भने अहिले त्यस स्थानमा आफ्नो खानेपानीको ओभरहेड टंकी निमार्णका लागि छुट्टाएको जग्गा भन्ने होडीङबोड राखेका छन् । खानेपानीको ओभरहेड टंकी निमार्णका लागि छुट्टाएको जग्गाका विषयमा स्थानियवासीहरुको शनिवार भएको आमभेलाले जग्गा हड्प्न आउने कुनैपनि संस्थामाथी प्रतिकार गर्ने निर्णय गर्दै जग्गा संरक्षणमा लाग्ने प्रतिद्धता जाहेर सहितको निर्यण गरेको छ ।

khanepani-1 वडा नं।७,८ र ११ का २५ सय घरधुरीहरुलाई लक्षीतगरी खानेपानी तथा ढल निकास विभागको वैदेशिक सहयोग समन्वय तथा योजना शाखामार्फत सुन्दर नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उद्योग वाणीज्य संघ अगाडीको खाली भागमा ओभरहेड टंकी निमार्ण गर्ने गरी उक्त योजना स्विकृत गरेको थियो । स्विकृत योजना अनुसार खानेपानीको ओभरहेड टंकी निमार्णका लागि विभागले २०७२ माघ १२ गतेको चलानी नंम्वर ५१ मार्फत आ।व।०७२÷०७३मा कार्यशुरु गर्नेगरी १० लाख रकम विनियोजन गरेको छ । उता तिलोत्तमा लायन्स ल्कवका अध्यक्ष रञ्जन कसजुले भने टोल समितिका अध्यक्षसंग सल्लाह गरेरमात्र आफुहरुले भवन निमार्ण कार्य शुरु गरेको बताउनु भएको छ ।

khanepani-2

अध्यक्ष कसजुले महिलाहरुको पाठेघरको क्यान्सर सम्वन्धि क्लिनीक संचालनका लागि भवन बनाउने तयारीमा जुटेको बताउनु भएको छ । भवन बनाउने क्रममा स्थानियवासीहरुले जग्गा नदिनेगरी प्रतिकारमा उत्रन थाले पछि लायन्सक्लव अब त्यसको लागी सल्लाह गर्ने तर प्रतिसोधमा नजाने गरी आफुले अन्यत्र जग्गा खोज्ने क्लवका अध्यक्ष कसजुले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण