गृहपृष्ठ » मुख्य समाचार, समचार२ महिनामा १४७७ सवारी दुर्घटना, ३०८ काे मृत्यु, २७९३ घाईते

२ महिनामा १४७७ सवारी दुर्घटना, ३०८ काे मृत्यु, २७९३ घाईते

October 5, 2016१५६ पटक

काठमाडौं, १९ असोज  : पछिल्लो दुई महिनामा देशका ६४ जिल्लामा भएका सवारी दुर्घटनामा ३ सय ८ जनाको मृत्यु भएको छ ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले २ महिनामा १ सय ८१ बस दुर्घटना र १ हजार २ सय ९६ मोटरसाइकल दुर्घटना भएको जानकारी दिए ।bimalendra-nidhi-say-parliament-house-in-nepal
दुर्घटनामा २ हजार ७ सय ९३ जना घाईते भएको उनले बताए । केही बेपत्ता छन् ।
२ महिनाको काभ्रेको विर्ता देउराली, बैतडी, चितवनको कालीखोला, घोप्टेभीर र अर्घाखाँचीको रनतमारे र धादिङमा भएको बस दुर्घटनामा ठूलो मानविय क्षति भएको गृहमन्त्री निधिले बताए ।
बाढीपहिरोमा १ सय २१ को मृत्यु, काजक्रिया खर्च १ लाख
२ महिनाको अवधिमा बाढीपहिरो, चट्याङ तथा प्राकृतिक प्रकोपबाट १ सय २१ जनाको मृत्यु भएको छ ।
गत साउन १९ देखि असोज १७ गतेसम्म बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट १ सय २१ को मृत्यु, २ सय १६ घाईते र १९ बेपता भएको गृहमन्त्री निधिले जानकारी गराए ।
बाढीपहिरोबाट २ सय ८४ घर पूर्ण क्षति भएको तथा २० करोड २८ लाख क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।
सरकारले पछिल्लो समय प्राकृतिक विपत्तमा परेर ज्यान गुमाएकाका परिवारलाई दिने काजक्रिया खर्च बढाएर १ लाख पुर्याइएको गृहमन्त्री निधिले बताए ।
उनका अनुसार प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०६४ मा संशोधान गरी मृतकको परिवारलाई काजक्रिया स्वरुप ४० हजारबाट बढाएर १ लाख पुर्याएको हो ।
पूर्वगृहमन्त्री घिमिरेको खोजी जारी
गृहमन्त्री निधिले चितवन दारेचोकको घोप्टेभीरमा भएको दुर्घटनामा बेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरे र उनका दुई भाइको खोजी भइरहेको संसदलाई जानकारी गराएका छन् ।
चितवन दारेचोकको घोप्टेभीरबाट घिमिरे सवार जीप त्रिशुली नदीमा खसेको थियो । मृतकका आफन्तले कुशको शव बनाएर अन्तिम संकार गरिसकेका छन् ।
गोताखोरहरुले माथिल्लो भेगमा दुर्घटनामा कुनै अवशेष नभेटिएको बताएपछि अहिले सुरक्षाकर्मीहरु डुंगा परिचालन गरेर तल्लो भेगमा खोजी जारी रहेको गृहमन्त्री निधिले बताए ।

(अाेएनएस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण