गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारसरकारी कार्यालय अब दसैंपछि

सरकारी कार्यालय अब दसैंपछि

October 5, 2016३१७ पटक

काठमाडौं, असोज १९ । ललितपुर १५का रवीन्द्र श्रेष्ठ नक्साको काम लिएर ललितपुर उपमहानगरपालिका जाँदा त्यहाँका कर्मचारीले उनलाई तपाईँको काम अहिले हुन्न, अब दसैंपछि भनेर फर्काइदिए।

tika-jamara dasai
‘एक दुई दिन भित्र हुने काम पनि दसैं पछि आउनू भनेर फर्काइदिन्छन्,’ उनले भने,‘दसैं आउनुभन्दा हप्तादिन अघिदेखि कामै हुन छाडेको छ।’
यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका छौ।
दसैंमा काम नभएको गुनासो गर्ने रवीन्द्र एक्ला होइनन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सोमबार भेटिएका नविन गिरीले कर्मचारीहरू कार्यलयमा नभएर काम नै नभएको बताए। ‘खोइ कार्यालयमा कर्मचारीहरू नै छैनन्, घन्टौं कुरेर पनि कार्यालयमा कर्मचारी नै भेटिएनन्,’ उनले भने।
यस्तो गुनासो विशेष गरी स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयतिर बढी रहेको पाइन्छ।
दसैं आउन एक सातादेखि नै सरकारी कार्यालयमा कर्मचारीहरु नभेटिएकाले काममा सास्ती पाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण