गृहपृष्ठ » पत्रपत्रीका, समचार१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

October 5, 2016३२० पटक

काठमाडौं, असोज १९  सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो ।

ghimire
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
९ असोजमा भएको दुर्घटनामा पूर्वमन्त्री घिमिरेका तीन दाजुभाइ अझै बेपत्ताकै स्थितिमा छन् । तर, परिवारका सदस्यहरूले भने कुशको शव बनाई उनीहरूको सांस्कृतिक रूपमा दाहसंस्कार गरिसकेका छन् । दुर्घटना भएकै दिन घिमिरेकी आमा लक्ष्मी घिमिरे, आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो ।
सोही गाडीमा रहेका नेपाल प्रहरीका हवल्दार विष्णु राईलाई दुर्घटनास्थलबाट जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यले धार्मिक तथा सांस्कृतिक रूपमा कुशको शव बनाई अन्त्येष्टि गरिए पनि सरकारले खोजीकार्य जारी राखेको मन्त्री निधिले बताए । ‘परिवारको इच्छाअनुसार अन्त्येष्टि भए पनि सरकारले खोजीकार्यलाई निरन्तरता दिइरहेको छ,’ उनले भने ।
घिमिरेको खोजीका लागि सरकारले सशस्त्र प्रहरीका र देशभित्रका अन्य अनुभवी गोताखोर परिचालन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिमिरेको खोजीकार्यलाई प्रभावकारी बनाउन दिएको निर्र्देशनअनुसार खोजीकार्य तीव्र पारिएको गृहमन्त्री निधिको भनाइ छ ।
खोजीकार्यलाई मुग्लिङ, जुगेडी हुँदै चितवन देवघाट, नवलपरासीको तल्लोतटीय क्षेत्रसम्म विस्तार गरिएको छ । १५, १६ र १७ असोजमा तीन दिन थप पाँचजना अनुभवी गोताखोर झिकाई दुर्घटनास्थलदेखि दुई किमि तलसम्मको तल्लो क्षेत्रमा नदीको ३० मिटरसम्मको गहिराइमा खोजीकार्य गरेको गृहमन्त्रीको भनाइ छ । गोताखोरहरूको सुझाबकै आधारमा अहिले तल्लोतटीय क्षेत्रमा थप दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण