गृहपृष्ठ » समचार, सूचना प्रविधी१३ पैसामा एनसेलको एक एमबी डाटा

१३ पैसामा एनसेलको एक एमबी डाटा

October 5, 2016३२९ पटक

काठमाडौं, असोज १९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने ‘डे डेटा प्याक’ ल्याएको छ ।flogo
यो सेवा अन्तर्गत एनसेल प्रयोगकर्ताले बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म कर बाहेक १३ पैसा प्रतिएमबीका दरले डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यो योजना बुधबारदेखि लागुभएको एनसेलले जनाएको छ ।
प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एक सय एमबीको दैनिक, पाँचसय एमबीको साप्ताहिक अथवा दुई हजार एमबीको मासिक ‘डे डेटा प्याक’ प्रयोग गर्न सक्ने छन् ।
एक सय एमबी दैनिक प्याकका लागि २० रुपैयाँ, पाँच सय एमबीको साप्ताहिक प्याकका लागि ८० रुपैयाँ र दुई हजार एमबीका मासिक प्याकका लागि दुई सय ५० रुपैयाँ पर्छ अर्थात १३ पैसामा एक एमबी डेटा चलाउन पाइन्छ ।
सेवा सम्बन्धी जानकारीका लागि एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर पाउन सकिने एनसेलले जनाएको छ । यस्तै आफूले लिनचाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिने छ । यो योजना १५ दिनसम्म रहने एनसेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण