गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यघैंटेको सम्पत्ति २० करोड भन्दा धेरै

घैंटेको सम्पत्ति २० करोड भन्दा धेरै

August 22, 2015२८० पटक

Don-Kumar-Ghaite-hatiyar1काठमाडौं, ५ भदौ– इन्काउन्टरमा बिहीबार मारिएका डन कुमार घैंटे भनिने कुमार श्रेष्ठको प्रहरीले सम्पत्ति छानविन थालेको छ । गुन्डागर्दीलगायत अवैध गतिविधिबाट उनले करोडौं सम्पत्ति जम्मा गरेको सूचनाका आधारमा प्रहरीले छानबिन सुरु गरेको हो । घैंटेको अवैध सम्पत्तिको छानविन सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

प्रहरीले उनका सहयोगी र आफन्तको समेत सम्पत्ति छानबिन गरेर कारबाहीका लागि प्रतिवेदन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने भएको छ ।
प्रहरीलाई प्राप्त विवरणअनुसार घैंटेसँग २० करोड भन्दा धेरै सम्पत्ति छ । गजुरमुखी कन्सट्रक्सन नामक क वर्गको निर्माण कम्पनीका उनी मालिक हुन् । जसमा कांग्रेस सभासद् जगदीशनरसिंह केसी पनि साझेदार छन् । सोही कम्पनीबाट घैंटेले राजनीति पहुँच र गुन्डागर्दीको आधारमा ठूला–ठूला सरकारी ठेक्काहरु हात पार्दै आएका थिए ।
–नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण