गृहपृष्ठ » मुख्य समाचार, समचारपृथ्वी राजमार्गमा पहिरो : एकतर्फ गाडी चल्दै

पृथ्वी राजमार्गमा पहिरो : एकतर्फ गाडी चल्दै

October 6, 2016२३२ पटक

काठमाडौं, असोज २० – बुधबार बिहानदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी नै खुलाउन समय लाग्ने भएको छ । तनहुँको आँबुखैरनी–७ ऐना पहरामा खसेको पहिरो केही हटाएर एकतर्फी गाडी चलाएपनि दुईतर्फी नै खुलाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।tanahu-hamrakura-jpg
एकतर्फी खुलाएको सडकमा आलोपालो गरी गाडी पठाइएपनि सहज हुन समय लाग्ने कार्यालयले जानकारी दिएको छ । बुधबार बेलुका पहिरो हटाएपनि फेरि अर्को पहिरो खसेको हो । पहिरोका कारण पूर्व र पश्चिममा लागि बुधबार बिहानै काठमाडौंबाट छुटेका तथा काठमाडौका लागि छुटेका गाडी आलोपालो गन्तव्यतर्फ लागेका छन् ।
यसैबिच झण्डै २४ घण्टा जाम भएकाले दसैँका लागि गरिएको टिकट बुकिङ कार्यान्वयन गर्न समस्या हुने यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बुधबार गएका गाडी नै बिहीबार मात्र फर्कनुपर्ने भएकाले समस्या भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण