गृहपृष्ठ » पत्रपत्रीका, राजनीतिकांग्रेसमा मनोनयन अब दशैंपछि

कांग्रेसमा मनोनयन अब दशैंपछि

October 6, 2016३५५ पटक

२० असोज, काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् ।

sher bdr

सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् ।

स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् । महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न नसकेको समाचार आजको राजधानी दैनिकमा छ ।

पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्णता नदिएकाले देउवा पार्टीभित्रै दिनदिनै आलोच्य बन्दै छन् । सभापति देउवाले दशैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिको आकांक्षी मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण