गृहपृष्ठ » मुख्य समाचार, समाचारहरुमालढुङ्गा पहिरोले सात घर पुरिए, अझै कति पुरिन्छन् थाह छैन

मालढुङ्गा पहिरोले सात घर पुरिए, अझै कति पुरिन्छन् थाह छैन

August 22, 2015२६२ पटक

pahiro4पर्वत, ५ भदौ –निरन्तर खसिरहेको पहिरोका कारण पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्वासी बस्ती उच्च जोखिममा परेको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ नुवारको डिलबाट झरेको पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्वासीको बस्ती उच्च जोखिममा परेको हो । पहिरोले सात वटा घर पुरेको छ भने म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एक मात्र सडक मालढुङ्गा बेनी सडक समेत पटकपटक अवरुद्ध हुने गरेको छ । पहिरो निरन्तर खसिरहेका कारण कुनै दिन ठूलो पहिराले बस्ती नै पुर्न सक्ने स्थानीयवासीको भनाइ छ । पहिरोका कारण स्थानीय २५ घर पूर्णरुपमा विस्थापित बनेका छन् । उनीहरु खुला आकासमुनि जीवन गुजार्न बाध्य छन् । पहिरोका कारण विस्थापित भएका सुकुम्वासीको आफ्नो कुनै जग्गा नभएका कारण अन्यत्र पुनःस्थापना हुन पनि समस्या परेको छ ।

नुवारको डिलमा भूकम्पका कारण चिरा परेको जमिनबाट पानीको मूल निस्केर पहिरो खसेपछि मालढुङ्गा बस्ती उच्च जोखिममा परेको हो । बस्ती उच्च जोखिममा परे पनि स्थानीय प्रशासनले भने कम चासो देखाएको पीडितको गुनासो रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराई भन्छनन्, ‘बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान औपचारिक आग्रह गरे पनि केही परिवार अझै बस्तीभित्रै छन् । जोखिम हुँदाहुँदै पनि बस्तीका बासिन्दाले अटेर गरेर बस्ती छाड्न नमानेको भट्टराईको भनाइ छ ।’ भट्टराई भन्छन् ‘प्रशासनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने प्रयास गरिरहेको छ ।’

साउन ३ गतेदेखि खसिरहेको पहिरो अहिलेसम्म रोकिएको छैन । पहिरो नरोकिएपछि सो स्थानका ६५ घर जोखिममा परेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण