गृहपृष्ठ » मुख्य समाचार, समचारजापानद्धारा नेपाललार्इ एकसठ्ठी करोड सहयोग

जापानद्धारा नेपाललार्इ एकसठ्ठी करोड सहयोग

October 6, 2016२३५ पटक

२० असोज, काठमाडौं । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड सहयोग गरेको छ ।nepal-japan

नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड, सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड, गोदामघर निर्माण गर्न तीन करोड सहयोग गरेको हो ।

त्यस्तै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड प्रदान गर्नेछ ।

उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण