गृहपृष्ठ » मुख्य समाचार, राजनीतिस्थानीय चुनावलाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

स्थानीय चुनावलाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

October 6, 2016३४७ पटक

२० असोज, काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधीले संविधान संशोधन गरेर तीन तहको चुनाव गराउने अहिलेको सरकारको दायित्व भएको भन्दै सरकारको प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

bimelendra-nidhi

६१औं प्रहरी दिवसको उपलध्यमा प्रहरी हेडक्वार्टर नक्सालमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री निधीले प्रहरीले लामो इतिहासमा बिभिन्न आरोह अवरोह पार गर्दा जनताको विश्वास जितेको बताए । लोकतान्त्रिक संविधान जारी भएको अवस्थामा अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्ने जिम्मेबारी बोकेकाले प्रहरी संगठनले त्यसलाई प्राथमिकतामा राख्न गृहमन्त्रीले अनुरोध गरे ।

गृहमन्त्री निधीले कर्तव्य पालनाको शिलशिलामा सहीद भएका प्रहरीको आश्रति परिवारलाई उचित सहयोग गर्न जरुरी रहेको बताए । उनले भने, ‘म आइजीपी र गृहसचिवलाई अहिलेनै भन्न चाहन्छु कि सहीद प्रहरीका आश्रति परिवारलाई रोजगार र शिक्षाका लागि सहयोग गर्न आर्यबिधि बनाउनुस् ।’

उनले आफु नेपाल प्रहरीको साथमा रहेको उल्लेख गर्दै संविधानले तोकेको र सरकारको निर्देशन अनुसार काम गर्न पनि आग्रह गरे ।

गृहमन्त्रालय र सरकारले अविभावकत्व दिन सक्नुपर्छः आइजीपी

प्रहरी दिवसको अवसरमा आयोजित बिशेष समारोहमा बोल्दै नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनलाई भौतिक संरचनामात्रै नभएर गृहमन्त्रालय र सरकारले अविभावकत्व पनि दिन सक्नुपर्ने धारणा व्यक्त गरे ।

सहीद परिवारबारे गृहमन्त्रीको निर्देशनको जवाफ दिँदै आइजीपी अर्यालले बिभिन्न कालखण्डमा प्रहरी सेवामा रहेर ज्यान गुमाउने प्रहरीका आश्रति परिवारलाई साथ दिन नेपाल प्रहरीको संगठन प्रमुखको हैसियदले सधै अडिग रहने बताए ।

उनले इतिहासलाई मुल्यांकन गरेर मात्रै प्रहरी संगठन चल्न नसक्ने बताउँदै सरकारले समयानुकुल रुपमा प्रहरीको अविभावकको रुपमा काम गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण