गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदमकदेखि चीन जोड्ने सडक निर्माण छिट्टै पूरा हुन्छ : प्रधानमन्त्री दाहाल

दमकदेखि चीन जोड्ने सडक निर्माण छिट्टै पूरा हुन्छ : प्रधानमन्त्री दाहाल

October 6, 2016४९५ पटक

काठमाडाै‌ं, २० असाेज   : प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको दमकदेखि चीन जोड्ने (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न विशेष पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । फाल्गुनन्द मार्ग झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्छ ।

prachanda-chin

प्रधानमन्त्री दाहालले उक्त सडकलाई थप वजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने बताए ।
राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलले बिहीबार प्रधानमन्त्री दाहालसँग भेट गरेको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले उक्त सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले आफूले छिट्टै निर्माण कार्य सक्न आवश्यक पहल गर्ने बताए ।

उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्व मन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण