शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न
२० असोज । महामाया भवानी माध्यमिक बिद्यालय देवदह ४ भवानीपुरमा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम गरेको बिद्यालयले जनाएको छ ।
विद्यालयका सहायक प्राचार्य हुमनाथ पाण्डेयको अध्यक्षता, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ति जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक हरिकला बस्याल, ऋषिश्वर अर्याल, मुकेश ज्ञवाली लगायतले बोल्दै दशै तिहारलाई विकृति हटाउदै खुशियाली मनाउनुपर्ने जोड दिनुभएको थियो । बिद्यालयका शिक्षक कृष्णप्रसाद अर्यालको संचालनमा भएको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।