गृहपृष्ठ » खेलकुदपाकिस्तानका पूर्व क्रिकेटर अक्रममाथि गोली प्रहार

पाकिस्तानका पूर्व क्रिकेटर अक्रममाथि गोली प्रहार

August 5, 2015२५० पटक

141013100544_pakistan_former_captain_wasim_akram_640x360_afp_nocreditसाउन २० – पाकिस्तानका पूर्व क्रिकेट कप्तान वसीम अक्रममाथि आक्रमण भएको छ । कराँचीमा अक्रम चढेको कारमा अज्ञात समुहले गोली प्रहार गरेको हो । गोली प्रहारबाट कारमा क्षति पुगेपनि अक्रमलाई भने केही भएको छैन ।

अक्रम कराँचीको नेशनल स्टेडियम गैरहेका बेला उनी चढेको कारमा आक्रमणकारीले गोली प्रहार गरेको हो । घटनापछि अक्रमले प्रहरीको हेल्पलाइनमा फोन गरेर उजुरी दर्ता गरेका छन् । मोटरसाइकमा आएका दुई जना आक्रमणकारीले गोली प्रहार गरेको150805120653_wasim_akram_in_karachi_stadium_624x351_apअक्रमले बताएका छन् । आक्रमणकारी चढेको मोटरसाइकलको नम्बर आफूले नोट गरेर प्रहरीलाई दिएको अक्रमले बताएका छन् ।
– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण