गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारडनहरुको सातो गयो, देश छाड्ने शंका भएपछि प्रहरीको निगरानी कडा

डनहरुको सातो गयो, देश छाड्ने शंका भएपछि प्रहरीको निगरानी कडा

August 22, 2015२०७ पटक

काठमाडौं,५ भदौ – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुद्यय सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् ।
राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुक्षित महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।

लामो समयदेखि ठूला व्यापारिक घराना, निर्माण व्यवसायीदेखि विभिन्न व्यवसायमा संलग्न रहेका व्यक्तिहरुलाई तर्साएर आफ्नो धन्दा चलाउँदै आएका डनहरु प्रहरी आफूमाथि आक्रामक ढगले प्रस्तुत भएको सुइँको पाएपछि नेपाल छाड्ने तयारीमा छन् । प्रहरीले एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा निगरानी गर्नुका साथै देशैभरका मुख्य नाकामा सतर्कता अपनाएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण