गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारकच्ची सडकमा नयाँ भाडादर लागु हुने

कच्ची सडकमा नयाँ भाडादर लागु हुने

October 7, 2016५४३ पटक

भूमिराज जोशी /दिपायल असोज २१ । डोटीमा ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनहरुले बढी भाडा असुल्ने गरेको गुनासो आउँदै गरेपछि स्थानीय प्रशासनले गरेको पहल अनुसार नयाँ भाडादर कायम भएको छ । उक्त भाडादर बिहिवारदेखि लागु भएको छ ।

bus
बुधवार प्रमुख जिल्ला अधिकारी केशब प्रसाद आचार्यको संयोजकत्वमा जिल्ला यातायात ब्यवस्थापन समितिका पदाधिकारी, स्थानीय बिकास अधिकारी, प्रहरी उपरीक्षक, नगरपालिकाका निमित्त कार्यकारी अधिकृत, यातायात ब्यवस्था सेवा कार्यालयका प्रतिनिधि,.उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष, शैलेश्वरी यातायात ब्यवस्था समितिका अध्यक्ष, सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रतिनिधि, होटल ब्यवसायी संघका प्रतिनिधि लगायतको उपस्थितिमा नयाँ भाडा दर लागु गर्ने सहमति भएको हो । नयाँ भाडादर अनुसार जीपको हकमा प्रति किलोमिटर ६ रुपैयाँ देखि ८.५० सम्म र मिनी बसको हकमा पाँच रुपैयाँ कामय गरिएको छ ।
नयाँ भाडा दर अनुसार दिपायल–मौवा–मेल्लेक, दिपायल–चवाराचौतारा र सिलगढी झिग्राना सडकमा आठ रुपैयाँ ५० पैसा कायम गरिएको छ । बुडर बाँझिलेक सडकमा जीपका लागि ६ रुपैयाँ र मिनी बसका लागि पाँच रुपैयाँ तय भएको छ ।
यस्तै लुहाखडी–धुर्कोट सडक, सिलगढी लडागडा नारी दाङ सडक र दिपायल कपल्लेकी सडकमा प्रति किलोमिटर सात रुपैयाँ कायम गरिएको छ । सहमति अनुसार यातायातका साधनहरुले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट दिनु पर्ने छ । निर्णय कार्यान्वयन भए नभएको यातायात व्यवस्था समिति र यातायात प्रहरीले अनुगमन गर्ने व्यवस्था गरिएको छ ।
बैठकले आउदै गरेको दशैं तिहार लगायतका चाडपर्बलाई मध्यनजर गर्दै बजारमा खाद्यान्न लगायत उपभोग्य बस्तुहरुको बित्री बितरणलाई सहज तुल्याउने, लामो तथा छोटो दुरीमा यातायाता ब्यवस्था सहज रुपले संचालन गर्नको लागि सरोकारवालाहरुले समन्वय गर्ने निर्णय भएको छ । यस्तै उद्योग बाणिज्य संघबाट मूल्य सूची माग गर्ने र प्रत्येक पसलमा मूल्य सूची राख्न लगाउने र संयुक्त बजार अनुगमन गरी तोकिएको मूल्य भन्दा बढी मूल्यमा र गुणस्तरहीन बस्तुहरुको बिक्री बितरण गरेका पाइएमा कानुन बमोजिम कारबाही गर्ने, प्रत्येक होटल ब्यवसायीहरुलाई आ–आफ्नो होटलमा मूल्य सुची राख्न लगाउने र बडा दशैदेखि छठ पर्वसम्म राती ९ बजेपछि होटल बन्द गर्ने सहमति भएको वताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण