गृहपृष्ठ » पत्रपत्रीका, समचारयो वर्ष झुर हुने भयो एलडीओको दसैं

यो वर्ष झुर हुने भयो एलडीओको दसैं

October 7, 2016३४९ पटक

काठमाडौं २१ असोज । देशभरका स्थानीय विकास अधिकारी (एलडीओ) हरूले यसपालिको दसैंतिहारको बिदामा समेत कार्यालयमा गई नियमित काम गर्नुपर्ने भएको छ । स्थानीय तह पुनःसंरचना कार्य छिटो सक्न सरकारले एलडीओहरूलाई सार्वजनिक बिदामा समेत काम गर्न निर्देशन दिएको हो ।

dashain-ko-tika
एलडीओहरूलाई सम्बन्धित जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको संयोजक बनाइएको छ । हाल सोही समितिको समन्वयमै जिल्ला–जिल्लामा स्थानीय तह पुनःसंरचना कार्य भइरहेको छ ।
स्थानीय तह निर्धारण कार्य तीव्र गतिमा भए स्थानीय तह पुनःसंरचना आयोगले आगामी कात्तिकभित्र प्रारम्भिक प्रतिवेदन दिने सरकारको अपेक्षा छ । तर, आयोगले भने कात्तिक मसान्तभित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाएको छैन । स्थानीय तह पुनःसंरचना कार्यमा दलहरूबीचको विवाद कायम रहने र सरकारबाट पनि कुनै पनि बेला आपूmलाई थप मापदण्ड प्राप्त हुन सक्ने अनुमान गर्दै आयोगले कात्तिकभित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाउन नसकेको हो ।
आयोग गठनपश्चात् सरकारबाट आयोगलाई दिइएको कार्यसर्त (टीओआर) को ११ नम्बर बुँदाअनुसार सरकारले कुनै पनि बेला आयोगलाई मापदण्ड दिन सक्छ । यही बुँदाअनुसार भविष्यमा फेरि पनि मापदण्ड परिमार्जन हुन सक्ने र त्यसले आपूmहरूको काम प्रभावित हुने आयोगको ठहर छ । केही समयअघि सरकारले यही बुँदाअनुसार आयोगको मापदण्ड परिमार्जन गरेको हो । स्थानीय तह पुनःसंरचना कार्य छिटो सक्नका लागि नै एलडीओहरूलाई बिदा नबस्न निर्देशन दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । एलडीओहरूले दसैंतिहारको बिदामा बिदा बस्नुपरे पनि मन्त्रालयको स्वीकृति अनिवार्य रूपमा लिनुपर्नेछ ।
‘स्थानीय तह पुनःसंरचना आयोगले आगामी कात्तिकभित्र रिपोर्ट बुझाउन सक्यो भने आगामी चैतभित्र चुनाव गर्न सक्छौं भन्ने हिसाबले एलडीओहरू बिदा नबस्ने र बस्नै परे पनि स्वीकृति लिएर बस्ने परिपत्र गरिएको छ,’ मन्त्रालयकी सहायक प्रवक्ता सीता परियारले राजधानीसँग भनिन्, ‘दसैंतिहारबाहेक अन्य सार्वजनिक बिदाको हकमा पनि यो व्यवस्था कायम गरिएको छ ।’ मन्त्रालयले यसअघि सरुवा भएका एलडीओहरूलाई पनि स्थानीय तह पुनःसंरचना कार्य नटुंगिएसम्म साबिककै जिल्लामा बसेर काम गर्न निर्देशन दिएको छ । स्थानीय तह पुनःसंरचना कार्य सकिएपछि मात्रै सरुवा भएको सम्बन्धित जिल्लामा गएर काम गर्नुपर्ने परिपत्र गरिएको छ ।
‘स्थानीय विकास अधिकारीहरूको सरुवाबाट गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगको काममा असर पर्ने भएकाले हाललाई अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि स्थानीय विकास अधिकारीहरूले जिल्ला नछोडी साबकबमोजिम जिल्लाको काम गर्नुहुन र सार्वजनिक बिदाको दिनमा समेत मन्त्रालयको स्वीकृतिविना जिल्ला नछोड्न नेपाल सरकार सचिवस्तरीय बैठकको निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ । एलडीओहरूले सार्वजनिक बिदामा समेत गर्नुपर्ने यो निर्णय गत १७ असोजमा गरिएको थियो ।
राजधानीबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण