गृहपृष्ठ » मुख्य समाचार, राजनीतिपरराष्ट्रमन्त्री महत आज थाइल्यान्ड जाने

परराष्ट्रमन्त्री महत आज थाइल्यान्ड जाने

October 7, 2016४५६ पटक

काठमाडौं २१ असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलनमा भाग लिन आज शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछन् ।

mahat
असोज २२ देखि २४ गते बैंककमा हुने सम्मेलन सम्मेलनमा भाग लिन महत थाइल्याण्ड जान लागेका हुन् । ‘एक एसिया, विविध बल’ विषयमा हुने सो सम्मेलनमा मन्त्री डा. महतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल भइ बैंकक घोषणापत्रलगायत जारी गरिनेछ ।
मन्त्री डा। महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागी, थाइल्यायन्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराईलगायत सम्मेलनमा सहभागी हुनेछन् ।एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो ।
नेपाल एसीडीको ३४औं सदस्य राष्ट्र हो । मन्त्री डा। महत यही असोज २५ गते स्वदेश फर्कनेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण