गृहपृष्ठ » बिचार/ब्लग, विशेष, सूचना प्रविधी“लोप हुने अबस्थामा प्यूठानका रेडियोहरू”

“लोप हुने अबस्थामा प्यूठानका रेडियोहरू”

October 7, 2016७७७ पटक

प्रदीप जि. सी./ प्यूठान । नेपालको हकमा रेडियोको बिस्तार हेर्ने हो भने पनि दिनानु दिन भइरहेको छ । प्रत्येक जिल्लामा नयाँ रेडियो खोलिदै गएका छन् । पछिल्तिर नेपाल सरकारले श्रमजीबी पत्रकारलाई न्यूनतम पारिश्रमिक तोकिदिदा परिक्षण प्रसारण गरेका कयौं रेडियोलाई ‘ नखाम भने दिन भरको सिकार खाउ भने कान्छा बाको अनुहार ‘ भन्ने उखान जस्तै भइरहेको देखिन्छ ।

radio-pyuthanप्यूठान जिल्लाको हकमा पनि यता कता यस्तै भइरहेको छ । प्यूठान जिल्लामै पहिलो पटक आफ्नो प्रसारण सुरू गरेको रेडियो माण्डवी रोल्पा,गुल्मी र अर्धाखांची मै आफ्नो प्रसारण सुरू गरेको थियो । त्यति मात्र नभई प्रतिस्पर्धात्मक युग सगसंगै सामुदायिक रेडियो प्यूठानले आफ्नो प्रसारण सञ्चालनमा ल्यायो । त्यो क्रम क्रमश रेडियो माण्डवी हुदै हुदै अहिलेसम्म रेडियो स्वर्गद्वारी सम्म आइपुग्दा जिल्लामै सात(७ )वटा रेडियो स्टेसन पुगेछन । तर ती सञ्चार माध्यम सदरमुकाम केन्द्रीत भएका छन । भन्नुको अर्थ प्यूठान जिल्लाकै कतिपय ग्रामीण क्षेत्रमा यी सञ्चार माध्यम अझसम्म पुग्न सकिरहेका छैनन । अझ भनै भने नेपालको नयाँ संविधान २०७२  ले ब्यवस्था गरेको नागरिकले आफ्नो सुचनाको हक उपयोग गर्न बाट बञ्चित भइरहेका छन ।
प्यूठान जिल्लामै यस्ता गा बि स छन् । जहाँ आफ्नो सुचना विज्ञापन प्रसारण गर्नु परेमा छिमेकी जिल्लाको संञ्चार माध्यमलाई गुहार्नु पर्ने अबस्था सिर्जना भएको देखिन्छ । प्यूठानमा रहेका सम्पूर्ण सञ्चार माध्यमहरू प्यूठानमै पहुच पुग्न सकेको छैन । आफ्नो परिक्षण प्रसारण गरेका रेडियो एक महिना पनि हुन नपाउदै तारवार लगाएर बजाउन पनि मुस्किल पर्ने गर्दछ, यदि बज्यो भने पनि सोस्याउने स्पष्ट संग बुझ्नै मुस्किल पर्दछ । यो एकदमै बिडम्वनाको कुरा होला सायदै प्यूठानी जनताको लागि तारबार लगाएर बल्लतल्ल बज्ने रेडियोमा विज्ञापन दिएर पो के गर्ने , एता कतै कुनै रेडियोमा बज्यो भनेपनि सुन्नकै लागि सदरमुकाम धाउनु पर्ने सुनेपनि पट्यार (बोर) लाग्ने । छिमेकी जिल्लाकै रेडियो सुनेर भएपनि काचो, पाको बोली छुट्टाउने श्रोताको कानले तरकारीमा नुनको मात्रा थाहा पाए झै झ्वाट थाहा पाउछन । अनि ती रेडियो सुनिहाले भनेपनि महसुस हुन्छ । “साच्चिकै यी रेडियोले त गीतहरू बजाउने र बोल्न नजान्नेको लागि सिक्ने थलोको रूपमा रहेछ । रेडियोले आफ्नो परिचय दिदा अथवा रेडियोकै भाषामा भन्नुपर्दा स्टेसन आइडी बजाउदा जुन नाराले परिचय दिन्छ , त्यो नारा अनुसार काम भएको महसुस भएको दखिदैन । यसमा रेडियो संञ्चालकको ध्यान जाओस मैले हुन त कुनै रेडियोलाई लक्षित गर्दैन तर म एउटा श्रोताको हैसियतमा रहेर भन्न मिल्दथ्यो वा मिल्दैनथ्यो त्यो तपाईँको मुल्याङ्कन रहनेछ ।
सबै प्यूठानी रेडियो सञ्चारकर्मी लाई एकपटक आफ्नो कर्म र फलको समिक्षा गर्दै त्यही प्यूठानी दुर दराजमा रहेका जनता सम्मको खोज पत्रकारिता अंगालेर नेपाल सरकारको न्यूनतम पारिश्रमिकताले पखला नलगाओस !

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण