मेस्सी बिनाको अर्जेन्टिना फेरि बराबरीमा रोकियो
२१ असोज, काठमाडौं । विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जेन्टिनाले अर्को बराबरी खेलेको छ ।
शुक्रबार भएको खेलमा पेरुले खेलको अन्त्यतिर पाएको पेनाल्टीमा मदतमा अर्जेन्टिनालाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो ।
यसअघि अर्जेन्टिना भेनेजुएलासँग पनि बराबरीमा रोकिएको थियो ।
पेरुको घरेलु मैदान लिमामा भएको खेलमा अर्जेन्टिनाले १५ औं मिनेटमा मोरीको गोलबा अग्रता लिएको थियो । तर, दोस्रो हाफको ५८ औं मिनेटमा घरेलु टोलीका लागि गरेरोले बराबरी गोल फर्काए ।
७७ औं मिनेटमा गोन्जालो हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए । तर, यो पनि जोगाउन सकेन । ८४ औं मिनेटमा पाएको पेनाल्टीमा कुइभाले गोल गर्दै पेरुलाई हारबाट जोगाए ।