गृहपृष्ठ » मनोरञ्जनफ्राइडे रिलिज : ‘छक्का पन्जा’ बाबजुद ५ नयाँ सिनेमा रिलिज हुँदै

फ्राइडे रिलिज : ‘छक्का पन्जा’ बाबजुद ५ नयाँ सिनेमा रिलिज हुँदै

October 7, 2016५१७ पटक

‘छक्का पञ्जा’को प्रभावशाली प्रदर्शन बाबजुद शुक्रबार पाँच नयाँ सिनेमा रिलिज हुँदैछन् । दुई नेपाली र तीन विदेशी सिनेमा प्रदर्शन हुनेछन् ।

friday

‘किस्मत २’ र ‘सुब्बा साब’ एकल पर्दा लक्षित नेपाली फिल्म हुन् । मल्टिप्लेक्समा यी सिनेमा लाग्नेछैनन् । बलिउडको ‘मिर्जा’ र ‘टुटक टुटक टुटिया’ पनि लाग्दैछन् । दक्षिण अफ्रिकी फिल्म ‘क्वनी अफ कटी’ पनि लाग्नेछ ।

‘छक्का पञ्जा’ले चौंथो सातामा पनि उच्च सोज प्राप्त गरेको छ । क्यूएफएक्समा चौंथो शुक्रबार पनि १४ सोज छन् । यसलाई घरेलु बक्सअफिसमा अभूतपूर्व मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण