गृहपृष्ठ » बिचार/ब्लग, समाचारहरुकिन आउँछ पत्रकारलाई दशैं तिहार ?

किन आउँछ पत्रकारलाई दशैं तिहार ?

October 7, 2016७३५ पटक

भूमिराज जोशी – पत्रकारिता पेशालाई ब्यवसायिक बनाएर काम गर्न थालेको पनि ५ वर्ष पुरा हुदैछ । यो ५ वर्षको दौरानमा के पाए त मैले ? के गर्न सकेँ ?

आखिर कमाए त लाखौं मानिसहरु कमाए । धेरैलाई चिन्ने अवसर पाए । कोठाहरु सजाउनलाई प्रमाण–पत्रहरु र सम्मान–पत्रहरु कमाए । अझ भनौं यौ नै हो अहिलेसम्म कमाएको सम्पत्ति । कतैबाट सम्मानित भएका दोसल्लाहरु कमाए ।

bhumioraj-joshi

धेरै मिडियाहरुमा काम गरे र त्यहाँको धेरै अनुभब बटुले । अब मलाई पत्रकारिता पेशामा कुनै असहजता छैन । यो पेशामा लागेपछि आर्थिक रुपमा सधैँ अभाब भैरह्यो । घर छ धेरै टाढा । बसमा १० घण्टे यात्रा गरिसकेपछि फेरी ५/७ घण्टा पैदल यात्रा गर्नुपर्ने । त्यो उच्च हिमाली जिल्ला बझाङको कालुखेती गाविस ।

मेरो पारिवारिक श्रोत हेर्ने हो भने पनि म निम्न वर्गको ब्यक्ति हुँ । अहिले यो दिपायलमा बसेको पनि ६ वर्ष हुँदैछ । सधै परिवारलाई नै कति चाप दिने भनेर दिपायलमा कुनै काम गर्ने यतै प्राविधिक शिक्षा पढ्ने निधो गरेर दिपायल आइयो ।

कमाएर प्राविधिक शिक्षा पढ्न अलि गाह्रो हुँदा सुदूरपश्चिम कै पुरानो आंगिक क्याम्पस डोडी बहुमुखी क्याम्पसमा स्नातक भर्ना गरी अध्ययन गर्न थाले र सँगसँगै पत्रकारितामा काम पनि गर्न थाले । घरबाट कहिलेकाँही फोन आउने गर्छ । बाबाले भन्नुहुन्छ, ‘छोरा के गर्दैछस् ? कति कमाइरहेको छस् ?’ म जवाफ दिन्छु, ‘बाबा अहिले कमाइ केही छैन । आफ्नो गुजारा मात्र चल्छ ।’

केही समयमै भैहाल्छ भनेर आश्वासन दिने गर्छु । यो समाजमा कतिपयले त पत्रकार धेरै धनी हुने गर्छन् । कहिल्यै पनि गरिब हुँदैनन् भन्ने संज्ञा दिन्छ । सबैसँग बोलचाल, हाँसो ठट्टा, परिचित हुदैमा धनी हुने भए त सबै पत्रकारहरु उद्योगपति बिनोद चौधरी जस्तै हुन्थे होला तर, यो सब समाजको बुझाइ मात्र हो ।

अचम्म लाग्छ कहिलेकाँही त । कतिपयले त बजारमा सानो सामान किन्दा उधारो माग्दा नि पत्रकार गरिब हुन्छन रे । पत्रकारहरुसँग पैसा हुँदैन रे । यीनले काम नपाएर पत्रकार भएका रे । र आधार नभएकालाई विश्वास नगर्नु रे । यस्तो मान्छे फेरी कहिलेकाँही बाङ्गो फर्किने पनि रैछ ।

उसलाई सहयोग चाहिएको ठाँउमा पत्रकारका त हास्दा पैसा, बोल्दै पैसा हुन्छन रे । जसरी हुन्छ सहयोग गर्नुप¥यो भन्नेको कमी छैन । साँच्चिकै भन्दा पत्रकारलाई के सोच्ने रैछन त्यो उनीहरुले नै बुझुन् । कतिपय समाजका मानिसहरुमा मात्र यो बुझाइ छ की पत्रकार भनेको समाजको तेश्रो आँखा हो ।

समाजमा घटिरहने घटनाहरु, अन्धविश्वास तथा रुढीबादी परम्परा, बिकृति÷ बिसंगति, भ्रष्टाचारहरुको बिरोध गर्छ । यो निस्वार्थ, निष्पक्ष समाजको सेवा गर्छ । यसलाई सबैले सहयोग गर्नुपर्छ भनेर सम्मान, सेवा र सहयोग गर्छन । यो राम्रो पक्ष पनि हो । खुसीको कुरा पनि हो । प

त्रकारिता भनेको मेरो बुझाइमा समाजको ऐना हो । जुन पेशा समाजको हितको लागि काम गर्छ । जसमा आफ्नो कमाइ भन्दा नी गरिब पीडित तथा निमुखाहरुका आवाजलाई बाहिर ल्याउछ । यसमा सेवा गर्नको लागि आफ्नो गोजीको पैसा सहित खर्च हुन्छ तर कमाइ भने समाज सेवामा लाग्नेको कुरै भएन र कमाइ गर्ला, घरपरिवार, गाडी मोटर किन्ला भन्नेले लाग्नु पनि हुँदैन यो पेशामा ।

कतिपयको बुझाइ यस्तो पनि छ की पत्रकारले चाहे भने जति पनि धन कमाउन सक्छ । फलानोले यति कमायो, वलानोले यस्तो ग¥यो भन्ने वाक्यहरु धेरै सुनिन्छ । तर यो भनेको गैर पत्रकारको काम हो । म यस्को पक्षमा छैन र मैले कुनै यस्तो समाजमा छाप पर्ने गरेर भ्रष्ट काम पनि गरेको छैन ।

लामो समयदेखि काम गर्दै आएका सच्चा पत्रकार र भ्रष्ट पत्रकारहरुका आ–आफ्नै अनुभबहरु होलान । मलाइ त कहिलेकाँही ‘म पत्रकार हुँ’ भन्न नी लाज लाग्छ । किनकी यस्ता भ्रष्ट पत्रकारहरुका कारणले ।

पत्रकारको नाम बेच्दै दुनियाँलाई ठगी खाने, एउटा सामान्य समाचार लेख्न नआउने पत्रकारहरु पनि म फलानो मिडियाको फलानो पदमा कार्यरत पत्रकार हुँ भनेर खुलेआम बोल्छन, अचम्म लाग्छ । मैले पत्रकारिता क्षेत्रमा धेरै अनुभब गरे ।

कतिपय पत्रकारहरु निरन्तर जनताका आवाजहरु उठाएर समाज परिवर्तनमा लागेका छन त कतिपय भ्रष्टचारीहरुलाई साथ दिएर पैसा निचोरी रहेका छन । यी पत्रकारको नाममा कलङ्कहरुले स्थानीय स्तरमा पत्रिका तथा रेडियो माध्यमहरु सञ्चालनमा ल्याउने लाखौं÷करोडौंं कमाउने ।

कताबाट आउछ समाज सेवा गर्नेहरुको यो कालो धन ? स्थानीय मिडियाहरुमा काम गर्नेहरुले बजारमा बनाएका छन । चिल्ला कार, गाडीहरुमा यात्रा गर्छन । आफ्नो इज्जत र पत्रकारिताको धर्मलाई कति गिराएका छन की…कुरै छोडौं ।

यस्ता पत्रकारहरु नै स्थानीय स्तरमा ठूल्ठूला पदमा बसेका छन । जतातिर पनि कुरा मिलाउछन, कानुनलाई हातमा लिएका छन, तिनीहरुको धन्दा नै त्यहि छ । पत्रकार महासंघको सदस्यता फारम भर्दा त्यो फाराम मै उल्लेख गरिएको छ की ‘गैर पत्रकारलाई सदस्यता नदिऔं ।’

आखिर यो भनेको के हो ? को हुन त गैर पत्रकार ? यदि गैर पत्रकार हुन भने किन तिनीहरुलाई सदस्यता दिएको ? प्रश्न यहाँ आउछ । पत्रकार आचार संहिता पालना नगर्ने, भ्रष्टचारीहरुलाई साथ दिने, समाचार नै नलेख्ने, लेखिहालेमा अरुले नै लेखेका समाचारमा बाइलाइन राखिदिने ।

यस्ता पत्रकारहरुलाई पत्रकारको साझा संगठन पत्रकार महासंघमा जनशक्ति बढाएर मात्र हुन्छ की राम्रा पत्रकारहरुलाई छनोट गरेर भोली स्थानीय क्षेत्रको बिकासको आशा नै गर्नुपर्छ ? त्यो महासंघले नै जवाफ दिनु पर्छ ।

ठाउँ ठाउँमा भ्रष्ट पत्रकारहरुकै ब्यङग्य सुनिन्छ । कतिपयलाई त यो हजार रुपैंयाको पत्रकार । यो दुई हजारको पत्रकार भनेर सुनिएका उदाहरुणहरु धेरै छन । यदि साँच्चिकै स्थानीय तहको बिकास र देशकै बिकास गर्न चाहने हो भने नेपाल पत्रकार महासंघले यस्ता पत्रकारहरुलाई रोक्न जरुरी छ ।

आफू यस्ता कुरामा कहिल्यै लागिएन र लाग्न पनि चाहान्नन् । जति सक्छु स्वच्छ पत्रकारिता गरेर समाजको सेवा गर्न चाहन्छु । सकिन्न त यो पेशा नै छोडिदिन्छु । यस्ता भ्रष्टहरुको पछाडी लागेर काम गर्ने हो भने त म पनि एक वर्ष मै धनी बन्ने थिए होला ।

चिल्ला कार गाडीहरुमा चढ्थेँ होला । तर मैले यस्तो गर्न चाहिन । असल काम गर्नेहरुको सम्मान नै गरे र भ्रष्टचारीहरुको सधै बिरोध गर्न पुगे । मलाई लाग्छ । ‘सबैको सहमतिमा दुई रुपैंयाँ स्वतन्त्र भएर खानु जस्तो सन्तोष अरु केही लाग्दैन ।’

पत्रकारिता क्षेत्रमा पीडाहरु पनि धेरै छ । एउटा समाचार लेख्न खोज्यो भने पनि २÷३ सय फोन मै खर्च हुन्छ । स्थलगत रिपोटिङ्ग गर्ने हो भने पनि जान, आउन, खान, बस्नको लागि घरबाट खर्च माग्नु पर्ने अवस्था आउँछ । अनि के को कमाई ?

त्रासै त्रासमा ज्यान जोखिममा राखेर स्थलगत रिपोर्टिङ गर्न जानुपर्छ । फेरी त्यहाँका मान्छेहरु बोल्न मान्दैनन् । त्यसैको लागि दौड धुप धेरै गरिरहनु पर्छ । अझ सत्य कुरा बाहिर ल्याउनको लागि त महिनौं दिन लाग्छ । यतिसम्म खर्च कसको ?

कतिपयको बुझाइ त यसले कसैले दिएको घुस खाएको होला त्यसैले यो दोडधुप गर्दैछ । नत्र किन यसले पटक–पटक हिड्नु परेको होला ? तर ‘फूलको आँखामा फूले संसार, काँडाको आँखामा काँडै संसार’ भने झैं जसले जे सोचुन, त्यो सोच्नेहरुमा भर पर्छ ।

जे कुराको सत्य तथ्य पत्ता लाग्दैन त्यो कुरामा निरन्तर खटिरहनु पर्छ । यो पत्रकार आचार संहिता भित्रको कुरा हो । यसमा टेकेर सबैले काम गर्नुपर्छ । त्यसपछि सत्यताको नै बिजयी हुन्छ भन्ने धारणामा म पूर्ण बिश्वस्त छु ।

घरपरिवारमा भाइबहिनीहरुको अग्रज भएपछि जिम्मेवारी त आउछ नै तर मेरो पेशाले र मैले निभाउन सकिरहेको छैन । ठूलो परिवार त्यसैमा रोजगारी भन्ने कोही छैनन । कहिलेकाँही फोन गर्नुहुन्छ नब्बे वर्षीया हजुरबुवा । बाबु के गर्दैछस ? नोकरी पाइयो कि नाई ? म भन्छु पाइएको छैन हजुरबुवा ।

अनि उहाँ भन्नुहुन्छ, ‘हाम्रो घरमा मैले जिन्दगीभर भैंसीको गोठालो भएर बिताए, तेरो बाबाको पनि त्यस्तै भयो र तँ पनि त्यस्तै गर्ने भइस् । हाम्रो परिवारमा कसैको भाग्यमा पनि नोकरी खानु लेखेको रहेनछ है ।’

हुनत म एउटा पेशामा नोकरी भन्दा नी सेवा गरिरहेको छु । बढी जस्तो समयमा त यो पेशा मै सन्तुष्ट हुन्छु । घर प्रायः सबैलाई थाहा छ । पत्रकारिता पेशामा काम गर्छ भन्ने कुरा । यसैले भाइ बहिनीहरु पनि भन्छन होला । ‘झोला, लुगा, कपडा, जुत्ता चप्पल, कापी कलम जसरी हुन्छ ल्याइदिनु ।’

तर यहाँ यो पेशामा काम गर्दा घरमा जाउँ भने गाडी भाँडा नभएर रोकिनु पर्ने हुन्छ । हिन्दुहरुको महान चाँड बिजया दशमी तथा शुभ दीपावली आउँछ र मलाई त्यो समयमा अनुभूति हुन्छ, की किन आउछन होला ? यस्ता चाडपर्वहरु भनेर । गाउँघरमा सानोतिनो पैसा जम्मा गरेर अलिकति सबैले कमाएकै हुन्छन ।

उनीहरुलाई चाडपर्वहरुमा रमाइलो गर्न केही लाग्दैन । मेरै आशाले मेरो घरमा पनि सबैले समाजको जसरी रमाइलो गर्न चाहेका हुन्छन् । तर मेरो जागिर नै आफूलाई नी खान नपुग्ने । म परिवारमा सबैलाई आश्वासन दिन्छु ।

‘समाजको जसरी रमाइलो गर्न हामीलाई असम्भब छ । मेरो यो क्षेत्रमा कमाइ नै छैन । सबै धन भएर रमाइलो गर्लान हामी मनले रमाइलो गरौं ।’ हाम्रो अवस्था यस्तै छ । घरपरिवारमा कसैले पनि कसैबाट घृणित तथा अपहेलित हुनुपरेको छैन । यो मेरै नाम र काम ले हो ।

गाउँमा हुनेखाने परिवारले हामी जस्ता हुदाँखादा परिवारलाई हेलाँका दृष्टिले हेर्ने प्रबृतिमा शब्दले नै तिनीहरुलाई भाइबहिनीहरु तल पार्छन । यसमा मेरो परिवारका सबै सदस्यहरुमा दम छ । जे होस् घरमा कसैको अगाडी झुक्नु परेको छैन । यो खुसीको कुरा हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण