गृहपृष्ठ » मुख्य समाचार, समचारदसैं टिकाको उत्तम साइत पौने नौ बजे

दसैं टिकाको उत्तम साइत पौने नौ बजे

October 7, 2016२९६ पटक

काठमाडौं । यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।

dashain-ko-tika

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण