गृहपृष्ठ » मनोरञ्जन, समचार“मूल्यहीन जीवन” बृतचित्रको बर्दघाटमा बिमोचन

“मूल्यहीन जीवन” बृतचित्रको बर्दघाटमा बिमोचन

October 8, 2016४२४ पटक

रवि पाण्डे /नवलपरासी २२ असोज । त्रिवेणी सामुदायिक टेलिभिजन र टाईम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा निर्मित” मूल्यहीन जीवन” बृतचित्रको बर्दघाटमा एक कार्यक्रमबीच शुक्रवार बिमोचन गरिएको छ । लागू औषध र्दुब्यशन बिरुद्धको जनचेतना अभिबृद्धि गर्ने उदेश्यले निर्मित सो बृतचित्रको बर्दघाट नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्यालले बिमोचन गर्नुभएको थियो । कार्यक्रम त्रिवेणी सामुदायिक टेलिभिजन र टाइम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना एंवम् बर्दघाट नगरपालिकाको सहयोग रहेको थियो । बृतचित्र बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बृतचित्र प्रर्दशन समेत गरिएको थियो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्यालले लागू औषध न्युनीकरणमा बृत्तचित्र एक कोशेढुंगा सावित हुने र लागू औषध बिरुद्ध अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो । बस्यालले लागू औषध न्युनीकरणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभएको थियो ।

media
त्यस्तै कार्यक्रममा साहित्यकार एंवम् गजल शिरोमणि डा. घनश्याम न्यौपाने परिश्रमी , इलाका प्रहरी कार्यालय बर्दघाटमा प्रमुख श्यामकृष्ण के.सीले नागरिक र प्रहरी प्रशासनको संयुक्त प्रयासबाट मात्र लागु औषध न्युनीरकणको काम गर्न सकिने उल्लेख गर्दै संघसंस्थाहरुको संयुक्त प्रयासबाट बनेको बृतचित्रले समाज रुपान्तरणमा भुमिका खेल्ने आशा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दिब्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बन्धु पौडेल, दाउन्नेदेवी उच्च माबिका प्राचार्य चिरञ्जिवी खनाल, बर्दघाट खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष कमान सिंह थापा, राजनैतिक दलहरुका तर्फबाट राप्रपाका मिलन श्रेष्ठ ,बाल्मिकी उच्च माविका अध्यक्ष दिपेन्द्र पाठक, इन्द्रेणी सामाजिक बिकास मञ्चका निर्देशक बद्री सुवेदी, टोल सुधार समितिको तर्फबाट सोबिर पुन मगर बर्दघाट नगर बाल संजालका संयोजक जागृत थापालगायतले सुझाव तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बृतचित्रका लेखक पुर्णकान्त गिरीले बृतचित्र निर्माणको अनुभुति र सिता प्रसाईले लागु औषध बिरुद्ध गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा टाईम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रप्रकाश उपाध्यायको अध्यक्षता एंवम् त्रिवेणी सामुदायिक टेलिभिजनका निर्देशक रवि पाण्डेको संचालन रहेको थियो । कार्यक्रममा बर्दघाट नगरपालिका भित्रका सरकारी गैरसरकारी संघ संस्था एंवम् टोल विकास समितिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित संचालक समितिलाई शुक्रवार एक कार्यक्रमबीच सपथ ग्रहण गरिएको छ । २३ औ साधारणसभाबाट रविन्द्र विक्रम हमालको अध्यक्षतामा निर्वाचित संचालक समितिलाई निर्वाचान समितिका अध्यक्ष एंवम् अधिबक्त रामकृष्ण पौडेलले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । कार्यक्रममाराष्ट्रिय सहकारी संघका संचालक चन्द्र प्रसाद ढकाल जिल्ला सहकारी संघकका उपाध्यक्ष बृहस्पति अधिकारी लगायतले नवनिर्वाचित समितिलाई सफल कार्यकालको कामना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण