गृहपृष्ठ » समचारअखिल क्रान्तिकारी पुग्यो बृद्धाश्रम

अखिल क्रान्तिकारी पुग्यो बृद्धाश्रम

October 8, 2016१५९ पटक

रबिन्द्र प्रताप गुप्ता/भैरहवा, २२ असोज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले रुपन्देहीको बसन्तपुर स्थित श्री सत्य साई बृद्धाश्रममा भएका सम्पूर्ण बृद्धबृद्धाहरुलाई सामुहिक भोजन गराएका छन् । अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पस मूल इकाइ समितिको आयोजनामा बृद्धाश्रममा रहेका २० जना बृद्धबृद्धाहरुलाई सामुहिक भोजन गराइएको हो ।

akhil-bhoj
बिद्यार्थी भएर अध्ययनलाई मात्र नभइ सामाजिक काममा समेत लाग्ने उदेश्यका साथ उनीहरुले विगत देखि नै यस्ता सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कपिल चापागाईले बताए ।
सो अवसरमा आफ्नो परिवारबाट वेवास्ता गरिए पनि विभिन्न युवा तथा समाजसेवीहरुले विभिन्न समयमा विभिन्न तरिकाबाट गर्दै आएको सहयोग नै आफुहरुको बाँच्ने आधार भएको बृद्धाश्रमका बृद्धबृद्धाहरुले बताएका थिए ।
मूल इकाइ समिति संयोजक मिलन पाण्डेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य टिपी न्यौपाने, अमृत काफ्ले, कपिल चापागाई लगायत क्याम्पसका विभिन्न तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण