गृहपृष्ठ » मनोरञ्जन, समचारसुर्योदय युवा क्लवको साँस्कृतिक कार्यक्रम तयारी अन्तिम चरणमा

सुर्योदय युवा क्लवको साँस्कृतिक कार्यक्रम तयारी अन्तिम चरणमा

October 8, 2016४७४ पटक

अशोक पोख्रेल/कपिलवस्तु, असोज २२। सम्पुर्ण युवाहरु एक जुट हौ,समाज विकासमा अग्रसर वनौ,अनाथ वालवालिकालाई सहयोग गरौ भन्ने मुल नाराका साथ सुर्योदय युवा क्लवको आयोजनामा आज  सनिवार फुलपातिको दिन कपिलवस्तुको बुद्धभुमि क्याम्पसमा हुने भनिएको वृहत दशै विषेश साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष प्रदिप खनाल ले बताउनु भएको छ ।
suryodaye
विद्यालयवाट वन्चित भएका वालवालिका लाई विद्यालय पहुच सम्म पु¥याई अनाथ वालवालिका हरुलाई आर्थिक तथा लत्ता कपडा को व्यावस्था गर्ने तथा वचत रकमले विभिन्न वालवालिकालाई सहयोग गर्ने उद्देश्य साथ सञ्चालन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरु देवि घर्ति,शिशिर देवकोटा,सुनिल गिरि,विद्यान कार्कि,दिपक भण्डारि,शिव खनाल, सुमन पौडेल,श्रीनिवास चौधरि,अनिल पाहाडि,निर्मल क्षेत्रि,बविता माझि लगाएत स्थानिय कलाकार र छमछमि कला केन्द्रको बेजोड प्रस्तुति रहने कार्यक्रका साँस्कृतिक संयोजक शिव खनालले वताउनुभयो ।

सुर्योदय युवा क्लवले गत वर्ष पनि दशै विषेश सांस्कृतिक कार्यक्रम गरेको थियो । साथै आगामि दिनमा पनि यस्तै यस्तै कार्यक्रम गरी समाज विकासमा लाग्ने आयोजक टिमले जनायको छ । भोलि २१ गते सनिवार हुने कार्यक्रमको सुरक्षा व्यवस्था संगै सम्पुर्ण तयारी भइसकेको र सम्पुर्ण लाई कार्यक्रमको अवलोकन गर्न अध्यक्ष खनाल ले आग्रह समेत गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण