गृहपृष्ठ » खेलकुदपोर्चुगलले गर्‍यो आधा दर्जन गोल, रोनाल्डो बने नायक

पोर्चुगलले गर्‍यो आधा दर्जन गोल, रोनाल्डो बने नायक

October 8, 2016४०० पटक

असोज २२ – विश्व कप २०१८ को छनौट खेलमा पोर्चुगलले शानदार जित दर्ता गरेको छ । छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ६–० गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले चार तथा काभाको कान्सेलो र भालेन्टे सिल्भाले एक एक गोल गरे । दोस्रो हाफमा दुई खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ९ खेलाडीमा सीमित भएको एन्डोराले पोर्चुगलको दबाब थेग्न सकेन र आधा दर्जन गोल खायो । युरो कप २०१६ को फाइनलको क्रममा चोटग्रस्त भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा फर्किएका रोनाल्डोले २, ४ र ६८ औं मिनेटमा गरी आफ्नो खेल जीवनको ४२ औं ह्याट्रिक पूरा गरे । रोनाल्डोले ह्याट्रिक गर्नुअघि ४४ औं मिनेटमा कान्सेलाले गोल गरेका थिए । ८६ औं मिनेटमा सिल्भाले गोल गरेपछि पोर्चुगल ६–० ले विजयी भयो । ६२ औं मिनेटमा रुबिओ गोमेज तथा ७० औं मिनेटमा रिबेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एन्डोरा ९ खेलाडीमा सीमित भएको थियो । खेल अवधिभर बलमा नियन्त्रण अधिकांश समय बलमा नियन्त्रण पोर्चुगलले गरेको थियो । समूह बीमा रहेको पोर्चुगल दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानम छ । छनौट चरणको पहिलो खेलमा पोर्चुगल स्वीट्जरल्याण्डसँग २–० ले पराजित भएको थियो । पहिलो खेलमा पोर्चुगललाई हराएको स्वीट्जरल्याण्डले शुक्रबार राति भएको आफ्नो दोस्रो खेलमा हंगेरीलाई ३–२ ले हरायो । दुई खेलबाट ६ अंक जोडेको स्वीट्जरल्याण्ड समूह बीको शीर्ष स्थानमा छ । समूह बी अन्तर्गतकै खेलमा फारोइ आइसल्याण्डले लात्भियालाई २–० ले हरायो । दुई खेलबाट चार अंक जोडेको फारोइ आइसल्याण्ड समूहको दोस्रो स्थानमा छ । 

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण