गृहपृष्ठ » सूचना प्रविधीसर्च इन्जिन गुगल भन्छ: ‘नमक हराम देश’ भारत

सर्च इन्जिन गुगल भन्छ: ‘नमक हराम देश’ भारत

October 8, 2016७०२ पटक

namak-haram1एजेन्सी: विश्वचर्चित इन्टरनेट सर्च इन्जिन गुगलमा गएर कुनै चिज नखोज्ने मानिस कमै होलान् । कहिलेकाहीँ यो सर्च इन्जिनले पनि अनौठो तथ्य बाहिर ल्याउँछ । जुन कुरा विवादित विषय पनि बन्न पुग्छ ।

यो पटक यस्तै एउटा अनौठो तथ्य गुगल सर्चबाट प्राप्त भएको छ । यदि तपाईंले गुगलको सर्च इन्जिनमा ‘नमक हराम देश’ हान्नु भयो भने हाम्रो दक्षिणी छिमेकी मुलुक भारतको नाम आउँछ । नेपाली या अंग्रेजी दुबैमा तपाईंले नमक हराम देश भनेर हान्दा भारतको नामसहित झन्डा पनि देख्न सकिन्छ ।

namak-haram2

गुगलले आफ्नो देशलाई नमकहरामहरुको सूचीमा देखाएपछि भारतीय नागरिकहरु भने आक्रोशित भएका छन् । उनीहरुले गुगलमाथि कारबाहीको पनि माग गरेका छन् । पाकिस्तानसँग युद्ध जस्तै तनाव चलिरहेका बेला भारतीयको आक्रोश गुगलतर्फ पनि सोझिएको छ । पढ्नुस इन्डियन एक्सप्रेसको समाचार

खासमा यसको तथ्य अलिक फरक रहेको छ। सन् १९७३ मा बनेको हिन्दी फिल्म ‘नमक हराम’सँग जोडिएर आउने तथ्यलाई गुगलले शीर्ष स्थानमा देखाउँदा यस्तो हुन गएको हो ।

यो फिल्ममा अमिताभ बच्चन र राजेश खन्नाले अभिनय गरेका थिए । भारतलाई गुगलले ‘नमक हरामको देश’ का रुपमा त्यो फिल्मका कारण पनि देखाएको हो ।

तर एकथरी मानिसहरुले भने यो कुरामा भारतीयले रिसाउने भन्दा गर्व गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । यही कुरालाई लिएर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दुई कित्तामा बिभाजित भएर बहस गरिरहेका छन् ।

यस्तै गूगलमा ‘खुदा के लिए’ टाइप गर्दा पाकिस्तानको झण्डा देखाउँछ। यही नामबाट पाकिस्तानमा एक विद्धानले टीभी सिरियल चलाएकाले गुगलमा यस्तो तथ्य देखिएको हो ।

१८ सेप्टेम्बरमा कश्मिरको उरीमा चरमपन्थीहरुको आक्रमणमा १८ जना भारतीय सैनिकको ज्यान गएपछि यी दुबै देशमा यी दुई शब्द चर्चित भएका थिए । त्यही कारण गुगलबाट आउने तथ्यमा यस्तो हुन गएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण